बिहीबार, २१ साउन २०७८
  • adarsha computer nuwakot
  • बन्यजन्तु मुद्धामा दोषी ठहरिएर फरार रहेका श्रेष्ठ जेल चलान, किस्पाङका घलेलाई कुटपिट गरि फरार रहेका तामाङ पक्राउ ।

    समिकरण न्युज २०७७, २४ कार्तिक सोमबार ०७:०३ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । जिल्ला अदालत नुवाकोटबाट बन्यजन्तु मुद्धामा दोषी ठहरिएर फरार रहेका बेलकोटगढी नगरपालिका वडा नम्बर ७ का कृष्णलाल श्रेष्ठलाई कारागार चलान गरिएको छ ।
    विसं २०७६ साल फागुन १ गते श्रेष्ठलाई नुवाकोट जिल्ला अदालतले बन्यजन्तु मुद्धामा दोषी ठहराई ५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकेको थियो । जिल्ला अदलातले फैसला गरे मितिदेखि नै पहिचान लुकाई लुकिछिपि बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आइतवार जिल्ला अदालतमा पेश गरेको थियो ।
    जिल्ला अदालतको आदेश अनुसार कैद भुक्तानको लागी श्रेष्ठलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

    यस्तै किस्पाङ गाउँपालिका वडा नम्बर १ का नेर्कु घलेलाई कुटपिट गरि फरार रहेकाहरु मध्येबाट एक जना पक्राउ परेका छन् ।
    विसं २०७५ साल पुस २५ गतेको दिन घलेलाई सोही स्थानका चन्द्र तामाङ, अब्राहम तामाङ, काले तामाङ र बिरे तामाङले ज्यान मार्ने उद्देश्यका साथ कुटपिट गरी घाईते बनाएका थिए । घलेका श्रीमती मुना तामाङले “कुटपिट तथा अंगभंग” शिर्षकमा उनीहरु विरुद्ध मुद्दा दर्ता गराई पक्राउ गरी कानुन बमोजिम कारवाही गरिदिन जाहेरी दिनुभएको थियो ।
    घलेलाई कुटपिट गरी फरार रहेका ४ अभियुक्त मध्ये १९ वर्षीय चन्द्र तामाङलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतवार पक्राउ गरेको छ । पक्राउ परेका तामाङलाई आइतवार नै नुवाकोट जिल्ला अदालतमा पेश गरिएको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

    #अपराध

    फेसबुक प्रतिक्रिया