शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • झिल्टुङ प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन

    समिकरण न्युज २०७७, २६ कार्तिक बुधबार ०७:३५ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । बेलकोटगढी नगरपालिका वडा नम्बर ६ मा अवस्थित झिल्टुङ प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
    एक कार्यक्रमको बिच नवनिर्मित भवनको उद्घाटन वागमति प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रि शालिकराम जमरकट्टेलले गर्नुभएको हो । अढाई तले भवनभित्र कार्यालय, व्यारेक, थुनुवा कक्ष, मेस तथा आवाससमेत गरि नौ कोठा रहेका छन् । भवन वागमति प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा कुल एक करोड ८६ लाख ६३ हजार रुपैयाको लागतमा निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक हरिवहादुर वलीले जानकारी दिनुभएको छ ।
    कार्यक्रममा बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनाल, बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक श्रीमान बसन्तकुमार लामा, प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरी, नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की, सशस्त्र प्रहरी बल नुवाकोटका प्रमुख सशस्त्र प्रहरी नावय उपरीक्षक मदन ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो ।
    नवनर्मित प्रहरीचौकीवाट स्थानीयवासीलाई शान्तिसुरक्षा, गाउंमा अमनचयन तथा सुरक्षाव्यवस्था लगायता सहज वनाउन सुविधा पुगेको झिल्टुङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक सुदीप थापाले जानकारी दिनुभएको छ ।
    कार्यक्रममा प्रहरी चौकी निर्माणको लागि जग्गा दान गर्नुहुने गोपिनी घिमिरे र कुमार घिमिरेलाई प्रंशसापत्र सहित सम्मान गरिएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया