
जे सकेको सम्मान गरुला नि यता आईदिनुहोस् ।
म लड्नै लागेको मान्छे हुँ बिन्ती समाईदिनुहोस् ।
हाकिम साब म सँगसँगै मेरा लालाबाला पनि छन्
बरु मैलाई खाईदिनुहोस् मेरो जागीर नखाईदिनुहोस् ।
युद्द भुमिमा गएको खबरले मेरी आमा रोहिरहेछिन
जानुहोस् कोही गएर मेरी आमालाई सम्झाईदिनुहोस्।
ओत लाग्ने त्यही एउटा झुपडी त छ म काँहा जाउ ?
सडक खन्ने निउमा त्यही पनि नभत्काईदिनुहोस् ।
यसरी चटक्कै छाडेर अधकल्चो बनाउनु भन्दा पनि
महारानी सुटुक्क आएर मलाई जहर पिलाईदिनुहोस् ।
कविन्द्र घिमिरे
ककनी- २ नुवाकोट