शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नवौं वर्षमा प्रवेश

    समिकरण न्युज २०७७, २७ कार्तिक बिहीबार १२:२२ पढ्न लाग्ने समय < 1 मिनेट

    रीना खनाल, काठमाडौँ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नवौं वर्षमा प्रवेश गरेको छ । स्थापनाको आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले बुधवार एक अनौपचारीक कार्यक्रम गरी स्थापना दिवश मनाएको छ ।
    संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले छोटो समयमा मेरोमाइफोफाइनान्सले नेपालको लघुवित्त क्षेत्रमा छुट्टै किसिमको ब्राण्ड बनाएको बताउनुभयो । नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहने गरी २०६९ साल कात्तिक २६ गते राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापना संस्थाले ग्राहक सुहाउदो बिभिन्न किसिमका बचत तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । संस्थाले कर्जातर्फ बिना धितो सामूहिक जमानी कर्जा र धितो कर्जा अन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरुका साथै बीमा र रेमिटान्स सेवा प्रवाह गर्दै आइरहेको छ ।
    संस्थाले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैकिङ लगायतका सेवा शुरुवात गरेको छ । संस्था सञ्चालनको पहिलो वर्षमा १५ शाखा कार्यालयमार्फत १४ हजारभन्दा बढी घरपरिवारहरुमा वित्तीय सेवा पु¥याएको संस्थाले नवौंैं वर्षमा आइपुग्दा देशको ५९ जिल्लामा १२० शाखा सञ्जालमार्फत १ लाख १८ हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पु¥याएको छ । त्यसैगरी हालसम्म रु. १ अर्ब ८४ करोड बराबर निक्षेप संकलन गरी रु. ८ अर्ब २५ करोडभन्दा बढी कर्जा लगानी गर्न सफल रहेको देखिन्छ ।
    संस्थाले अवलम्बन गरेको कार्यशैली एवं रणनीति, कुशल नेतृत्व, सन्तुष्ट कर्मचारी संगठनले नै संस्थाको छवि कायम राख्न सफल रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले बताउनुभयो ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया