शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • नेपाल तामाङ घेदुङ नुवाकोटबाट विभिन्न भादृ संगठनहरुको संयोजक चयन

    समिकरण न्युज २०७७, ४ मंसिर बिहीबार १४:३३ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नेपाल तामाङ घेदुङ नुवाकोट जिल्ला संगठनले विभिन्न भादृ संगठनहरुको संयोजक चयन गरेको छ ।
    नेपाल तमाङ घेदुङ बिदुर नगरपालिका वडा नम्बर ११ को आयोजनामा भएको भातृ संगठनहरुको संयुक्त प्रथम भेलाले तम्बा घेदुङको संयोजकमा शान्त घले तामाङ, लामा घेदुङको संयोजकमा धनबहादुर लामा, युवा घेदुङको संयोजकमा बलदेव लामा चयन भएका छन् । यस्तै महिला घेदुङको संयोजकमा सपना तामाङ, शिक्षक घेदुङको संयोजकमा कलावाती घल,े संस्कृति घेदङको संयोजकमा रबिन लामा, बोम्बो घेदुङको संयोजकमा बाबुराम घले, विद्यार्थी घेदुङको संयोजकमा दिपक तामाङ चयन भएका छन् ।


    भादृ संगठनहरुको संयुक्त भेलालाई संवोधन गर्नुहुदै नेपाल तामाङ घेदुङ संघीय परिसदको केन्द्रिय सदस्य तथा नुवाकोट जिल्ला अध्यक्ष जयमान वाईबाले तामाङ समुदायको पुर्खाहरुले बिकास गरेको मौलिक कला संस्कृति भेसभुस र मौलिकता लाई जोगाउनको लागि युवाहरूको काधमा जिम्मेवारी अएको बताउनुभएको छ । साथै तामाङ जातिको इतिहास धर्म सस्कार संकृती भाषा लिपि साहित्य भेसभुसालाई जोगाउन समुदायको मात्रै कर्तव्य नभई राज्यले नै दायित्व लिनु पर्ने वाइवाको भनाइ रहेको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया