शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • नुवाकोटमा कोरोना भाइरस सङ्क्रमतिको सङ्ख्या ७५० पुग्यो, विदुर नगरपालिकाको मात्रै ४३३

    समिकरण न्युज २०७७, ४ मंसिर बिहीबार १६:५५ पढ्न लाग्ने समय 2 मिनेट

    विदुर । नुवाकोटमा थप ८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य कार्यालय नुवाकोटको अनुसार पछिल्लो २४ घण्टामा ३९ जनाको कोरोना परिक्षण गर्दा ८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । अन्य ३१ जनाको नतिजा नेगेटिभ आएको छ । थपिएका ८ सङ्क्रमित मध्ये विदुर नगरपालिकाका ५ जना र तार्केश्वर गाउँपालिकाका ३ जना रहेका छन् । थप भएका ८ सँगै नुवाकोटमा कोरोना भाइरस सङ्क्रमतिको सङ्ख्या ७ सय ५० पुगेको छ ।
    कुल सङ्क्रमित मध्ये सबै भन्दा बढी सङ्क्रमित विदुर नगरपालिकाको रहेको छ । स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालको अनुसार विदुर नगरपालिकाको १ हजार ९ सय १ जना नागरिकको कोरोना परिक्षण गर्दा ३ सय ८ जना पुरुष र १ सय २५ महिला गरी ४ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यस्तै हाल सम्म सबै भन्दा कम कोरोना सङ्क्रमण पुष्टि भएको पालिका म्यागङ रहेको छ । म्यागङ गाउँपालिकामा ५० जना पुरुष र ५ महिला गरी ५५ जना नागरिकको कोरोना परिक्षण गर्दा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
    यस्तै कुल सङ्क्रमित मध्ये वेलकोटगढी नगरपालिकाका ६५, ककनी गाउँपालिकाका २५, सूर्यगढी गाउँपालिकाका ५३, लिखु गाउँपालिकाका १६, शिवपुरी गाउँपालिकाका २९, पञ्चकन्या गाउँपालिकाका १६, दुप्चेश्वर गाउँपालिकाका २६ र तादी गाउँपालिकाका २८ जना रहेको छ ।
    यस्तै किस्पाङ गाउँपालिकाका २१, तार्केश्वर गाउँपालिकाका ३१ जना र अन्य १ जनालाई कोरोना सङ्क्रमण भएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी खनालले जानकारी दिनुभएको छ । खनालको अनुसार जिल्ला अस्पताल त्रिशुलीमा स्थापना गरिएको पिसिआर ल्यावबाट हाल सम्म ९ सय ५ जना पुरुष र ४ सय ७४ जना महिलाको कोरोना परिक्षण भएको छ ।
    हाल सम्म जिल्लाको ५ हजार ३ सय ३५ जना पुरुष र १ हजार ८ सय ६७ जना महिला गरी ७ हजार ७ सय २ जनाको पिसिआर परिक्षण गर्दा ५ सय २९ पुरुष र २ सय २१ महिला गरी ७ सय ५० जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।
    कुल सङ्क्रमित ७ सय ५० मध्ये ४ सय ७९ जना कोरो मुक्त भइसकेका छन् भने १ जनाको मृत्यु भएको छ । हाल जिल्लामा २ सय ७० जना सक्रिय सङ्क्रमित रहेका छन् । ती मध्ये ३ जना अस्पतालको आइशुलेसनमा, १ जना आइशुलेसन सेन्टरमा र २ सय ६६ जना होम आइशुलेसनमा रहेका छन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया