विदुर । बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनालले न्यायिक समिति र सामुदायिक मेलमिलाप केन्द्रलाई सहकार्य गरेर आफ्नो गतिविधिहरु सञ्चालन गर्न सुझाव दिनुभएको छ ।
सामुदायिक मेलमिलाप केन्द्रद्धारा आयोजित न्यायिक समिति र मेलमिलाप कर्ताबिच अनुभव आदानप्रदान कार्यक्रलाई संवोधन गर्नुहुदै मेयर खनालले न्यायिक समितिले विवाद समाधान गर्ने प्रक्रियामा मेलमिलाप कर्ताबाट सहयोग मिल्दा सहज भइरहेको महसुस गरेको बताउनुभएको छ । साथै उहाँले नगरपालिकाले मेलमिलाप कर्ताहरुलाई आवस्यक सहयोगको प्रतिवद्धता समेत जनाउनुभएको छ ।
अन्य स्थानीय तहमा जस्तै बेलकोटगढी नगरपालिकाको पनि १३ वटै वडामा मेलमिलाप केन्द्र सञ्चालनमा रहेको छ । देवानी प्रकृतिको विवाद समाधान गर्ने अधिकार प्राप्त न्यायिक समिति र मेलमिलाप कर्ताहरुले सहकार्यमा काम गर्दै आइरहेको जिल्ला प्रशिक्षक उर्मिला न्यौपानेले बताउनुभएको छ । कोरोना महामारीको बिच पनि सामुदायिक मेलमिलाप केन्द्रले स्वास्थ्य मापदण्ड अपनाएर चरणवद्ध रुपमा स्थानीय तहहरुमा न्यायिक समिति र मेलमिलाप कर्ताहरु बिच अनुभव आदानप्रदान गर्दै आइरहेको प्रशिक्षक न्यौपानेले बताउनुभएको छ ।
अनुभव आदानप्रदान कार्यक्रममा नगरपालिकाको न्यायिक समितिका पदाधिकारी, मेलमिलाप कर्ताहरु लगायतको सहभागिता रहेको थियो ।