शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • छठ पर्वको अवसरमा फेरियालाई न्यानो कपडा प्रदान ।

    समिकरण न्युज २०७७, ५ मंसिर शुक्रबार १५:११ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । होटल तथा पर्यटन व्यवसायी संघ बाग्मति प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले फेरिया अर्थात कवाडी संंकलकहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ ।
    नुवाकोट उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष समेत रहनुभएका उप्रेतीले अघिल्ला वर्षहरुमा जस्तै छठ पर्वको अवसर पारेर उनीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको हो । नुवाकोटमा १ सय ५० जनाको हारहारीमा कवाडी संंकलकहरु भारतीय मुलका रहेका छन् । अधिकांस छठ पर्व मनाउन आफ्नो जन्म स्थल गएका छन् । छठ पर्व मनाउनलाई आफ्नो जन्म स्थल नगएका १६ जनालाई एकएक जोर ट्रयाकसुट प्रदान गरिएको उप्रेतीले बताउनुभएको छ ।
    नुवाकोटमा हाल ६ वटा कवाडी संकलन केन्द्र रहेको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया