विदुर । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्य समिति नुवाकोटको ९औँ साधारण सभाले रामकृष्ण राजभण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
बट्टारमा भएको साधारण सभाले सर्वसम्मत रुपमा राजभण्डारीलाई अध्यक्षमा चयन गरिएको हो । जिल्ला कार्य समितिको वरिष्ठ उपाध्यक्षमा माधव गजुरेल, उपाध्यक्षमा लक्ष्मीकुमारी प्रधान, महासचिवमा वद्रि अर्याल, कोषाध्यक्षमा सञ्जिव थपलिया रहेका छन् । यस्तै सदस्यहरुमा ललित तामाङ, विरवल तामाङ, गोपाल डङ्गोल, दिपक पाठक, सुवर्ण अधिकारी, रामकुमार थापा, विनोद दाहाल, प्रकास नेपाल, ज्ञानेन्द्रप्रसाद अधिकारी, राजेन्द्र भण्डारी र देवकी धमला रहहेका छन् ।
यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला समितिको अध्यक्षमा विन्दा श्रेष्ठ चयन हुनुभएको छ । महिला समितिको वरिष्ठ उपाध्यक्षमा अम्बिका घले, उपाध्यक्षमा यसोधा कडेल, महासचिवमा विन्दुमाया तामाङ र कोषाध्यक्षमा उमा रायमाझी रहेका छन् । यस्तै सदस्यहरुमा सविना शाक्य, देवकी केसी र तुलषा प्याकुरेल रहेका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले उद्यमीहरुको हक हितको लागि वकालत गर्ने, उद्यमी व्यवस्थापन गर्ने लगायतको काम गर्दै आएको केन्द्रिय उपाध्यक्ष एवं वागमती प्रदेश अध्यक्ष सूर्य कडेलले बताउनुभएको छ ।
साधारण सभामा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय महासचिव डम्बरप्रसाद रेग्मी, केन्द्रिय कोषाध्यक्ष सत्यनारायण प्रजापती, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, विदुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिव चित्रकार, साधारण सभामा नेपाल घरेलु तथा साना उद्योग महासंघ वागमती प्रदेश कोषाध्यक्ष नारायण बस्नेत, बागमती प्रदेश महिला संघका वरिष्ठ उपाध्यक्ष मेनुका खतिवडा, सचिव शान्ति प्रधान लगायतले मन्तव्य राखेका थिए ।
जिल्लाको १२ वटै स्थानीय तहमा नेपाल घरेलु तथा साना उद्योग कार्यपालिका समिति गठन भइसकेको र स्थानीय तहबाट प्रतिनिधित्व गरेर आएका उद्यमीहरुको सहभागितामा जिल्ला कार्यसमिति निर्माण गरिएको उपाध्यक्ष लक्ष्मीकुमारी प्रधानले जानकारी दिनुभएको छ ।