शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • दिगो रुपमा सस्थालाई टिकाउन संस्थागत क्षमता लेखाजोखा गर्नु आवस्यक

    समिकरण न्युज २०७७, ७ मंसिर आईतवार ०७:०० पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नागरिक समाज संगठनहरुको संस्थागत शुसासन तथा व्यवस्थापनको तत्वहरुलाई शुक्ष्म ढङ्गले अध्ययन गराई दिगो रुपमा सस्थालाई टिकाउन “संस्थागत क्षमता लेखाजोखा” गर्नैपर्ने आवस्यकताको महसुस हुन थालेको छ ।
    भर्चुअल माध्यमबाट साममुदायिक विकास केन्द्र नेपाल सिडिसिद्धारा आयोजित नागरिक समाज संघसंस्थाका लागि संस्थागत क्षमता लेखाजोखा अभिमुखिकरण कार्यक्रमबाट सहभागीहरुले संस्थालाई एकजुट बनाउन, एक आपसमा विश्वासको वातावरण ल्याउन र खुल्ला सञ्चार गर्न संस्थागत क्षमता लेखाजोखाको महत्वपूर्ण भूमिका रहने रहेछ भन्ने जानकारी लिएको संघसस्थाका प्रतिनिधिले बताएका छन् । अभिमुखिकरण कार्यक्रममा आफ्नो प्रस्तुती राख्नुहुदै सामुदायिक विकास केन्द्र नेपालका कार्य समिति सदस्य सुकुमान डङ्गोलले संघसंस्थाका पदाधिकारी तथा कर्मचारीहरुलाई सशक्त बनाई संस्थागत विकास प्रकृयामा वा व्यवस्थापकिय पक्षमा संलग्न गराउन, ओका (OCA) अर्थात संस्थागत क्षमता लेखाजोखाले सहयोग गर्ने बताउनुभएको छ । संस्थागत सुधार योजनालाई कार्यान्वयन गर्न प्रतिबद्ध बनाउन, संस्थाको चौतर्फी परिक्षण गर्न, दोहोरो सिकाईमा आधारित विकासको वातावरण सृजना गरी परिवर्तित वातावरणमा समायोजन गराउन ओकाले सहयोग गर्ने डङ्गोलले बताउनुभएको छ ।
    यस्तै सामुदायिक विकास केन्द्र नेपालका कार्यकारी निर्देशक विष्णुराज नेपालले शुसासन कायम गराउदै मानव संसाधन व्यवस्थापन, वितिय व्यवस्थापन, सस्थागत व्यवस्थापन र कार्यक्रम व्यवस्थापन गर्न ओका (OCA) अर्थात संस्थागत क्षमता लेखाजोखाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । संस्थागत क्षमता लेखाजोखा गर्न थालेपछि सामुदायिक विकास केन्द्रलाई आफ्नो गतिविधिक सञ्चालन गर्न सहज भएको भन्दै कार्यकारी निर्देशक नेपालले अन्य संघसस्थालाई पनि संस्थागत क्षमता लेखाजोखा तयार गर्नको लागि प्राविधिक पक्षबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
    भर्चुअल माध्यमबाट भएको उक्त कार्यक्रमको सहजिकरण सामुदायिक विकास केन्द्र नेपाल सिडिसि अन्तरर्गतको पारस्परिक जवाफदेहिता परियोजनाको जिल्ला संयोजक दिपेश घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा जिल्लामा क्रियाशिल एक दर्जन भन्दा वढि संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया