शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४ सय नाघ्यो ।.

    समिकरण न्युज २०७७, १२ मंसिर शुक्रबार १०:४१ पढ्न लाग्ने समय < 1 मिनेट


    नुवाकोट । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४ सय नाघेको छ ।
    पछिल्लो समय २३ जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १४ सय १२ पुगेको हो । पछिल्लो समय कोरोनाको गम्भीर लक्षण देखिएका व्यक्ति होम आइसोलेशनमा बस्दा ज्यान गुमाउनेको सङ्ख्या बढेको जनस्वास्थ्यविद्ले बताउँदै आएका छन् । उनीहरुले लक्षण देखिएमा उपचारका लागि अस्पताल जान सुझाव दिँदै आएका छन् ।
    यस्तै पछिल्लो समय १४ सय ३७ जनाले कोरोनालाई जितेका छन् । योसँगै अहिलेसम्म दुई लाख नौ हजार चार सय ३५ जनाले कोरोनालाई जितेका छन् । यस्तै नौ हजार चार सय ९१ जनाको नमुना परीक्षण गर्दा १६ सय १४ जना कोरोनाका सङ्क्रमित थपिएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख २७ हजार ६ सय ४० पुगेको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार सात सय ९३ छ ।
    यस्तै नुवाकोटमा रहेको कुल कोरोना सङ्क्रमित ८ सय मध्ये ५ सय ६५ जना कोरोना मुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । हाल जिल्लामा २ सय ३४ जना सक्रिय सङ्क्रमित रहेका छन् । ती मध्ये अस्पतालको आइशुलेसनमा ५ जना, आइशुलेसन सेन्टरमा १ जना र होम आइशुलेुनमा २ सय २८ जना रहेका छन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया