शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • किस्पाङ गाउँपालिकाले घुम्ति शिविर मार्फत अपाङ्गता परिचयपत्र वितरण गर्दै

    समिकरण न्युज २०७७, १४ मंसिर आईतवार ०६:३२ पढ्न लाग्ने समय < 1 मिनेट


    विदुर । किस्पाङ गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरण कार्यक्रम प्रारम्भ गरेको छ ।
    शनिवारबाट सुरु भएको अपाङ्गता परिचयपत्र वितरण कार्यक्रम वडागत रुपमा सञ्चालन हुनेछ । पहिलो दिन शनिवार वडा नम्बर ५ का ३२ जनालाई अपाङ्गता परिचयपत्र प्रदान गरिएको छ । गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाको अनुसार १५ जनाको अपाङ्गता परिचयपत्र नवीकरण गरिएको हो भने १७ जनालाई नयाँ परिचय पत्र प्रदान गरिएको हो । अपाङ्गता परिचयपत्र वितरण गर्न आयोजित घुम्ति शिविरमा सहभागी हुन नसक्ने ४ जनाअपाङ्गता भएका व्यक्तिलाई घरमा नै गएर परिचयपत्र प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभएको छ ।


    उहाँको अनुसार आइतबार वडा नम्बर २ मा, सोमबार वडा नम्बर ४ मा, मंगलबार वडा नम्बर १ मा र बुधबार वडा नम्ब ३ मा घुम्ती शिबिर संचालन हुदैछ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया