बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • खड्कभञ्याङ स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशालाबाट सेवा प्रवाह सुरु, यसै साता थप चार स्वास्थ्य चौकीबाट पनि सुरु हुने ।

    समिकरण न्युज २०७७, १४ मंसिर आईतवार १९:५० पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । विदुर नगरपालिकाले चालु आर्थिक वर्षको निति तथा कार्यक्रममा उल्लेख गरे अनुसार ५ वटा स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला सञ्चालन गर्न लागिएको छ ।
    आइतबारबाट खड्कभञ्याङ स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा ल्याइएकोे छ भने यसै हप्ता भित्र कल्याणपुर स्वास्थ्य चौकी, गेर्खु स्वास्थ्य चौकी, चारघरे स्वास्थ्य चौकी, र वडा नम्बर २ मा रहेको स्वास्थ्य चौकीबाट पनि उक्त प्रयोगशाला सञ्चालनमा ल्याइनेछ ।
    खड्कभञ्याङ स्वास्थ्य चौकीमा प्रयोगशाला उद्घाटन समारोहलाई संवोधन गर्नुहुदै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले गाउँमा नै सर्बसुलभ रुपमा स्वास्थ्य सेवा पुराउने उद्देश्यले स्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याइएकोे बताउनुभएको छ । नागरिकको बास्तविक समस्या समाधानको लागि राज्यले खर्च गर्नपर्छ भन्ने मान्यताको साथ नगरपालिका स्वास्थ्य क्षेत्रको सुधारमा प्रयासरत रहेको मेयर पण्डितले बताउनुभएको छ ।


    यस्तै कार्यक्रममा नगरपालिकाका उपमेयर गीताकुमारी दाहालले नागरिकलाई विस्वासको वातावरण बनाउनको लागि स्वास्थ्य चौकीहरुलाई सुधार गर्दै आइरहेको बताउनुभएको छ । घरदैलोमा रहेको स्वास्थ्य चौकीमा उपलव्ध सेवा लिन छाडेर नागरिकहरु सदरमुकाम तथा राजधानीको ठूला अस्पतालहरुमा धाउने परम्पराको अन्त्यको लागि वडावडामा सञ्चालित स्वास्थ्य प्रयोगशाला सेवाले सहयोग पुग्ने अपेक्षा लिएको उहाँले बताउनुभएको छ ।


    स्वास्थ्य प्रयोगशाला सञ्चालनको लागि आवस्यक कर्मचारी र सामाग्री सम्वन्धित स्वास्थ्य चौकीमा पुराइसकिएको विदुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक रामराजा भण्डारीले बताउनुभएको छ । उहाँको अनुसार एक स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापनाको लागि कर्मचारी बाहेक ९ लाख रुपैयाँ बराबरको रकम लगानी गरिएको छ । जिल्ला अस्पताल त्रिशुलीबाट उपलव्ध हुने अधिकांस सेवाहरु उक्त प्रयोगशालाबाट पाइने र नेपाल सरकारले निशुल्क गरेको सेवा बाहेकका औषधोपचार गर्न परेमा २५ प्रतिसत सम्मको छुट रहने जनस्वास्थ्य निरिक्षक भण्डारीले बताउनुभएको छ । उहाँको अनुसार आवस्यक परेको खण्डमा उक्त प्रयोगशालाबाट कोरोना भाइरस परिक्षणको लागि स्वाव समेत सङ्कलन गरिनेछ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया