बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • अग्नि पिडित तामाङ परिवारलाई राहत प्रदान

    समिकरण न्युज २०७७, १४ मंसिर आईतवार २०:३६ पढ्न लाग्ने समय < 1 मिनेट


    विदुर । दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ घ्याङफेदी मालुङका श्रीपेन तामाङको परिवारलाई राहत प्रदान गरिएको छ ।
    शनिवार दिउसो तामाङको घरमा बिजुली सर्ट भई आगलागी भएको थियो । आगलागीका कारण तामाङ परिवारको ७ लाख रुपैयाँ बराबरको धनसम्पतीमा क्षती पुगेको थियो । पिडित परिवारलाई तत्काल आवस्यक सामाग्री आइतवार समुन्द्रटारसम्म पुगेर जिल्ला प्रशासन कार्यालयले प्रदान गरेको छ ।
    प्रकोप पीडित राहत तथा उद्धार सम्बन्धी मापदण्ड २०६४ अनुसार तामाङ परिवारलाइ १ थान टेण्ट र २० हजार रुपैयाँ प्रदान गरिएको छ । यस्तै नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाबाट भाडा, लत्ता कपडा सहितको सेट र उद्योग वाणिज्य संघ, नुवाकोटका वरिष्ठ उपाध्यक्ष गीता अमात्यबाट उपलब्ध गराउनुभएको चामल सहितको खाद्यान्न सामाग्री प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया