शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • नुवाकोटमा पनि मनाइयो २९औ अन्तरास्ट्रिय अपाङ्गता दिवस ।

    समिकरण न्युज २०७७, १८ मंसिर बिहीबार २१:५७ पढ्न लाग्ने समय 2 मिनेट

    विदुर । २९औ अन्तरास्ट्रिय अपाङ्गता दिवस नुवाकोटमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
    विदुर नगरपालिकाको सहकार्यमा ‘स्वास्थ्य र सामाजिक सुरक्षामा अपाङ्गता भएका महिला तथा बालबालिकाहरुको पहुचमा सहजिकरण परियोजना’ सञ्चालन गर्दै आइरहेको अपाङ्ग मानव अधिकार मञ्चले पनि एक कार्यक्रमको बिच अन्तरास्ट्रिय अपाङ्गता दिवश मनाएको छ । उक्त कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर चापागाईले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायत भौतिक सुरक्षामा नगरपालिका तल्लिन रहेको बताउनुभएको छ । उहाँले कोरोना भाइरसको कारण अपाङ्गता भएका व्यक्तिहरु झनै जोखिममा हुने भएकोले नगरभित्रका अन्य विद्यालयहरु खोल्ने निर्णय गरेता पनि बौद्धिक अपाङ्गता भएका विद्यालयहरु पढ्ने विद्यालयमा पठनपाठन सुचारु गर्न नसकिएको बताउनुभएको छ ।
    यस्तै कार्यक्रममा बिदुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टलकमान श्रेष्ठले पारिवारिक सामाजिक क्षेत्रबाट विभेद भोग्न बाध्य अपाङ्गता भएका व्यक्तिहरुको पक्षमा जनप्रतिनिधिको तर्फबाट दायित्वबोध गर्दै हातेमालो गर्ने प्रतिबद्धता जनाउनु भएकोछ । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरुको लागि स्रोत साधन जुटाएर अबसर प्रदान गर्नलाई तिनै तहको सरकारले अपनत्व लिइरहेको समेत बताउनु भएको छ ।
    २९औ अन्तरास्ट्रिय अपाङ्गता दिवसको रास्ट्रिय नारा ‘कोरोना भाइरस पश्चातको उत्कृष्ट पुनरागमको सुनिश्चितता : अपाङ्गता भएका व्यक्तिहरुको पहुच र दिगो विकासको लागि हामी सबैको प्रतिवद्दता ‘ भन्ने रहेको थियो । नुवाकोटमा एउटा मात्र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई पठनपाठन गर्ने विद्यालय रहेको छ । तर कोरोना भाइरसको कारण बिदुर नगरपालिका वडा नम्बर ५ माझिटारमा रहेको बौद्धिक अपाङ्गता प्रारम्भिक विद्यालय सन्चालन नहुदा समस्या रहेको अभिभावकहरुले बताएका छन् । विद्यालय बन्द हुदा बौद्धिक अपाङ्गता भएका आफ्नो सन्तानलाई घरमा नै राख्नु पर्ने र उस्लाई समय दिन नसक्दा छिमेकिहरुबाट बिभेद सहनु परेको अभिभावकहरुको गुनासो छ । साथै उक्त विद्यालयमा तालिम प्राप्त शिक्षक भएको खण्डमा आफ्ना छोराछोरिले उचित शिक्षा पाउथे भन्ने माग अभिभावकको रहेको छ ।
    कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नु हुँदै विदुर नगरपालिका वडा नम्बर १ का वडा सदस्य एवं उद्यमशिल तथा सीप विकास अपाङ्ग संघ नुवाकोटका कोषाध्यक्ष रुपा थापाले विसं २०६८ सालको जनगणनामा अपाङ्गता भएका व्यक्ती रहेको विस्तृत घरधुरी सर्वेक्षण गर्नलाई छुटेकोले विसं २०७८ मा हुने जनगणमा उक्त विषय समेटिनु पर्ने माग राख्नु भएको छ । कार्यपत्र प्रस्तुत गर्नुहुदै थापाले परिवारभित्र अपाङ्गता भएका व्यक्ति रहेता पनि सामाजिक रुपमा हेरिने दृष्टिकोणले बाहिर ल्याउन नचाहने परिवार धेरै रहेको गुनासो गर्नुभएको छ ।
    यस्तै अपाङ्ग मानव अधिकार मञ्चका अध्यक्ष ओमबहादुर घिमिरेले कुनै अपाङ्गता भएका व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमण भएको खण्डमा सम्पूर्ण रेखदेख तथा हेरचाहको दायित्व स्थानीय सरकारले लिनुपर्ने बताउनुभएको छ । कार्यक्रमलाई सहजीकरण गर्नुहुदै अपाङ्ग मानव अधिकार मञ्चका कार्यक्रम अधिकृत रामशरण थापाले स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिहरुको एकिन तथ्याङ्क संकलन तथा अद्यावधिक गर्ने र हरेक नीति तथा कार्यक्रम निर्माणमा अपाङ्गता भएका व्यक्तिहरुको उच्चतम सहभागितामा गराउनु पर्ने बताउनुभएको छ । उहाँको अनुसार जिल्लामा करीब ६ हजारको संख्यामा अपाङ्गता भएका व्यक्तिहरु रहेको र विदुर नगरपालिकामा मात्र ८ सय जनाको हारहारीमा रहेको बताउनुभएको छ । निश्चित समयको लागि सञ्चालित परियोजनाको क्रियाकलाप र स्रोतले मात्र अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र आवश्यकताहरु सुनिश्चित गर्न कठिन रहेकोले स्थानीय सरकारले पनि अपाङ्गता मैत्री योजना निर्माण र उचित स्रोतको व्यवस्थापन गरि अगाडी बढेको खन्डमा मात्र हरेक वर्ष दिवस मनाएको सार्थकता रहने थापाको भनाई छ ।

    यस्तै अपाङ्गता भएका ब्यक्तिहरुलाई समान अवसरले सकारात्मक वातावरणका बिचमा राख्न सके सपाङ्ग झै वा त्यो भन्दा धेरै कुनैपनि चुनौतिको सामना गर्न सक्ने लिखु गाउपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले बताउनुभएको छ ।
    २९ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा लिखु गाउपालिकाको सामाजिक विकास शाखाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अध्यक्ष श्रेष्ठले अपाङ्गता भएका ब्यक्तिहरुलाई छुट्टाईएको बजेट उनीहरुको आवश्यकता र माग अनुसार नै खर्च गरिने बताउनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया