समुन्द्रटार । नोभेम्बर २५ अर्थात मंसिर १० गतेदेखि लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको छ । यो भभियान डिसेम्बर १० अर्थात यहि मंसिर २५ गते सम्म सञ्चालन हुनेछ । “लैगिंक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति, समाज र सबैको ऐक्यबद्धता” भन्ने मुल नाराको साथ यस विचमा विभिन्न सचेतनात्मक कार्यक्रमहरु भइरहेका छन् । यसै सन्दर्भमा रहेर अभियानको दशौ दिन (शुक्रबार) दुप्चेश्वर गाउँपालिका नुवाकोटले पनि अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरि लैङ्गिक हिंसा रहित गाउँपालिका निर्माणको अभियानमा रहेको जनाएको जनाएको ।
उक्त अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्नुहुदै जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख अप्सरा थापाले धार्मिक, सामाजिक, सास्कृतिक, राजनैतिक रुपमा लैङ्गिक हिंसा हुने गरेको प्रशस्त उदाहरणहरु एउटा घर भित्रदेखि सिंगो मुलकभित्र रहेको बताउनुभएको छ । सामाजिक मूल्य मान्यताको आधारमा लैङ्गिक हिंसाका घटनाहरु अत्याधिक रहेको भन्दै जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख थापाले परम्परादेखि चलिरहेको मान्यतालाई हित गर्ने प्रकृतिको निरन्तरता दिनुपर्ने र अहित गर्ने प्रकृतिको भए सुधार्दै लैजानुपर्ने अहिले आवस्यकता रहेको बताउनुभएको छ । “लैङिगक हिंसा भन्छौँ हामी । तर महिला हिंसाको कुरा गरिहाल्छौँ कारण महिलाहरु वढी हिंसामा पर्ने गरेका छन् । “छोरीले छिटो खानु हुदैन, छोरी त अर्काको घरमा जाने जात, छोरी भए पछि छिटो घर आउनुपर्छ, जस्ता धेरै भनाइहरु छोरीहरुसँग जोडिका छन् । जुन हामीले सानैदेखि सुन्दै र भोग्दै आइरहेका छौँ र पछिल्लो पुस्तालाई समेत सिकाइरहेका छौँ । यसरी नै भइरहेको छ लैङ्गिक हिंसाको सुरुवात,” उपप्रमुख थाापाले भन्नुभयो, जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख थापाले भन्नुभयो, “नागरिकको दैलोको सरकारको रुपमा स्थानीय सरकार आएको छ । समाजमा हुने गरेको हिंसात्मक गतिविधिहरु टोलमा रहेको समूहले देख्छ, वडाले देख्छ अनि पालिकाले देख्छ । त्यसैले समृद्ध आफ्नो पालिका बनाउनको लागि सानो विषय भनेर नछोडी हरेक क्रियाकलावपमा समावेशिताको आधारमा अघि बढ्नु आवस्यक छ ।”
दुप्चेश्वर मन्दिरको परिसरमा भएको अन्तरक्रियात्मक कार्यक्रमलाई संवोधन गर्नुहुदै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले दुव्र्यवहार, शोषण र हेलत्व हिंसाको प्रकार रहेकोले आर्थिक रुपमा शसक्त भएको खण्डमा लैङ्गिक हिंसा भोग्नबाट बाध्य हुन नपर्ने बताउनुभएको छ । “महिलालाई आर्थिक रुपमा सम्पन्न बनाउन सकेको खण्डमा बालबालिकाको पालनपोषण र शिक्षामा उचित व्यवस्थापन गर्न सकिन्छ । तर पुरुषको हातमा मात्र आर्थिक पक्ष भयो भने परिवारलाई नभई व्यक्तिगत आवस्यकता महसुस गरी खर्च गर्ने प्रवृति हुने गरेको पनि पाइन्छ । जस्ले गर्दा घरमा कलह सिर्जजना हुन्छ, प्रहरीमा, पालिकामा , वडा देखि सबैमा पुरुषले नै कब्जा जनाउछ । अनि नारीले न्याय पाउदैन । त्यसैले महिलालाई आर्थिक रुपमा सम्पन्न बनाउनु आवस्यक छ” प्रमुख जिल्ला अधिकारी डकालले भन्नुभयो, “गरिवी निवारणको लागि महिलालाई आर्थिक रुपमा शसक्त बनाउनुपर्दछ । श्रीमान या श्रीमती विदेश गएर पैसा कमाउने जुन प्रचलन बढिरहेको छ त्यसले मानसिक समस्याहरु पनि बढाइरहेको छ । त्यसैले आफ्नै ठाउँमा लागनी गरेर उत्पादनलाई बजार पुराउन सक्नुपर्छ ।”
गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा उहाँले लैङ्गिक हिंसा निवारण गर्न लपालिकाले बजेटको व्यवस्था गरि कार्यान्वयन समेत गरिरहेको बताउनुभएको छ । मन, बचन र कर्मले मात्र लैङ्गिक हिंसाको अन्त्य हुने भएकोले पालिकाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रवद्र्धन आचार संहिता पारित गरि लागु गरिएको समेत बताउनुभएको छ ।
यस्तै गाउँपालिकाका उपाध्यक्ष अञ्जु आचार्यले हिंसामा महिला मात्र पर्छन् र हिंसा गर्ने व्यक्ति पुरष मात्रै हो भनेर औला उठादा बारम्बार उठाइरहने समानताको नाराले सार्थकता नपाउने भनाई व्यक्त गर्नुभएको छ । व्यक्ति, समूहले सामुहिक रुपमा प्रतिवद्ध भएर कर्तव्य निभाएको खण्डमा लैङ्गिक हिंसा न्यूनिकरण गर्न सकिने उपाध्यक्ष आचार्यको भनाई छ । परम्परादेखि नै छोरीले लगाउने लुगा र गरिने कामबाट छोरी र छोरामा विभेद भएको र मानसिक रुपमा नै गिराउन परम्परता र सस्कारले बढवा दिएको उपाध्यक्ष आचार्यले बताउनुभएको छ ।
कार्यक्रममा दुप्चेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद अधिकारी, वडा नम्बर ३ का वडा अध्यक्ष ध्रुवकर केसी, वडा नम्बर ७ का वडा अध्यक्ष भेषबहादुर सिटोला, रुक्मिणी माध्यामिक विद्यालयका शिक्षक श्रीकृष्ण पण्डित, शक्ति समूह नुवाकोटका जिल्ला अधिकृत सम्झना प्रसाई लगायतले लैङ्गिक हिंसा अन्त्यको लागि लैङ्गिक हिंसा नजिक ठानेका, विश्वासिलो पात्रबाट हुने भएकोले त्यसको अन्त्यको लागि व्यक्ति स्वं सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रमलाई सहजिकरण गर्नुहुदै गाउँपालिकाका आधारभूत स्वास्थ्य तथा सरसफाई शाखा प्रमुख वासुदेव श्रेष्ठले पुरुषबाट मात्रै महिला हिंसामा पर्छ भन्ने जुन कथन छ त्यो मात्र नभई महिलाबाट महिला नै र महिलाबाट पुरुष पनि हिंसामा परेको ज्वलन्त उदाहरण गाउँसमाजमा रहेकोले अन्त्यको लागि संघसस्थादेखि सरकारी निकायले गरिरहेको प्रयासलाई पच्छ्याउनु आवस्यक रहेको बताउनुभएको छ ।
दुप्चेश्वर गाउँपालिकामा महिला शसक्तिकरणको लागि महिलाहरुलाई सीप विकास तालिम, आर्थिक आयआर्जन अन्तर्गत रहेर च्याउ खेती, तरकारी टनेल जस्ता क्रियाकलपाहरु निरन्तर रुपमा भइरहेको छ । लैङ्गिक हिंसा सम्बन्धि अभिमुखिकरण कार्यक्रम, समूह दर्ता, महिला सहकारी दर्ता, समूह नविकरण साथै समुहका सदस्यलाई अभिमुखिकरण कार्यक्रमहरु गाउँपालिकाले आयोजना गरिरहेकोे महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख निर्मला लामिछानेले जानकारी दिनुभएको छ ।