बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • नुवाकोटका ६ सय ४३ जना भए कोरोना मुक्त

    समिकरण न्युज २०७७, २२ मंसिर सोमबार १७:२८ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटका कोरोना भाइरस सङ्क्रमित ९ सय २ मध्ये ६ सय ४३ जना कोरोना मुक्त भएका छन् ।
    पछिल्लो २४ घण्टामा १२ जना कोरोना मुक्त भएसँगै कोरोना मुक्त हुनेको सङ्ख्या ६ सय ४३ पुगेको हो । हाल जिल्लामा २ सय ५८ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । ती मध्ये ५ जना अस्पतालको आइशुलेसनमा र २ सय ५३ जना होम आइशुलेसनमा रहेका छन् ।
    जिल्लाको ७ हजार ८ सय ८६ जनाको कोरोना परिक्षण गर्दा ६ हजार ९ सय ८३ जनामा कोरोना सङ्क्रमण नभएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य कार्र्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिनुभएको छ ।
    पछिल्लो २४ घण्टामा ३१ जनाको कोरोना परिक्षण गर्दा २ जनामा सङ्क्रमण पुष्टि भएको छ । ती दुई जनामा विदुर नगरपालिका र लिखु गाउँपालिकाका नागरिक रहेका छन् । हाल सम्म जिल्ला अस्पताल त्रिशुलीमा रहेको पिसिआर ल्यावबाट १ हजार १ सय १९ पुरुष र ५ सय ८२ महिला गरी १ हजार ७ सय १ जनाको कोरोना परिक्षण गरिएको छ ।

    यस अघि १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया