बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • बुधसिंघाट कृषि सहकारी संस्था लिमिटडको ९ औं बार्षिक साधारणसभा सम्पन्न

    समिकरण न्युज २०७७, २२ मंसिर सोमबार १७:३६ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ३ मैरिटारमा रहेको बुधसिंघाट कृषि सहकारी संस्था लिमिटडको ९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
    बर्तमानमा बचत भबिस्यमा सुरक्षा भन्ने उद्घोषको साथ सञ्चालित यस सहकारीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार हाल १७ लाख ५९ हजार रुपैयाँ सेयर पुँजी रहेको छ । गत आर्थिक वर्षमा शेयर पुँजी १२ लाख ६९ हजार रुपैयाँ रहेको थियो । सहकारीको मुनाफा ४ लाख ९० हजार रुपैयाँ रहेको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।
    सहकारीको साधारण सभालाई संवोधन गर्नुहुदै विदुर नगपालिका वडा नम्बर ३ का वडा अध्यक्ष वद्रिप्रसाद रिमालले सहकारीमा बचत गर्ने बानीको विकास गराउन आग्रह गर्नुहुदै सहकारीहरुले स्थानीय स्तरमा आयआर्जन हुने खालको उत्पादनमुलक कार्यमा लगानी गर्नुपर्ने बताउनुभएको छ । साथै वडा अध्यक्ष रिमालले कृषि पेशालाई व्यसाय बनाएर अघि बढ्न चाहने कृषकहरुलाई राज्यबाट उपलव्ध हुने सेवासुविधा प्राप्त गर्नको लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
    यस्तै सहकारीको साधारण सभामा वडा सदस्य प्रदीप घिमिरे लगायत कृष्णप्रसाद धिताल नारायणप्रसाद वस्ती, शुसिला वस्ती, दीपक ठकुरी, ज्ञानहादुर राई, तारकेश्वर भेट फर्माका सञ्चालक दीपक अधिकारीले राज्यबाट उपलव्ध हुने अुदान बास्तविक किसानको हातमा नपुगेको गुनासो गरेका छन् ।
    सहकारीमा आवद्ध शेयर सदस्यहरुलाई रासयनिक मल, तरकारीका विउविजन साथै आवश्यक यन्त्र उपकरण उपलव्ध गराउन सहजिकरण गर्दै आइरहेकोले आगमी दिनमा पनि निरन्तरता दिने सहकारीका अध्यक्ष हरिप्रसाद वस्तीले प्रतिवद्धता जनाउनुभएको छ ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया