बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • पञ्चकन्यामा सामुदायिक बेकरी उद्योगको स्थापना

    समिकरण न्युज २०७७, २४ मंसिर बुधबार ०९:४४ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर ।पञ्चकन्या गाउँपालिका स्थित घलेभन्ज्याङमा सामुदायिक स्तरबाट सप्कन्या सामुदायिक बेकरी उत्पादन सुरुवात गरिएको छ ।
    स्थानीय सप्तकन्या नमुना आधारभुत बिद्यालयको शैक्षिक सुधार तथा विकासको लागि स्थानीय अभिभाबकहरुद्धारा प्रर्बद्धित पञ्चकन्या सामुदायिक बेकरी उद्योगको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले एक कार्यक्रमको बिच उद्घाटन गर्नुभएको हो । सप्कन्या सामुदायिक बेकरी उपभोक्ता समितिद्धारा आयोजित उद्योगको शुभारम्भ कार्यक्रमलाई संवोधन गर्नुहुदै गाउँपालिकाका अध्यक्ष तामाङले कोरोनाको असरलाई अबसरका रुपमा उपयोग गर्न स्थानीय नागरिकहरुको प्रत्यक्ष संलग्नता गराई उत्पादनमुलक कार्यलाई गाउँपालिकाले प्राथमिकता दिइरहेको बताउनुभएको छ । स्थानीय स्तरमा नमुना कार्यक्रमको रुपमा स्थानीय युवाहरुलाई संलग्नता गराई आय आर्जन तर्फ आकर्षण गराउन खोजिएको अध्यक्ष तामाङको भनाई रहेको छ । “देख्नलाई सानो उद्योग संचालन भएको छ , तर यसबाट समुदायले धैरे नै कुरा बुझनु पर्दछ । कोरोना भाइरस महामारीको कारण आफ्नो पेशा व्यवसाय छोडेर गाउँ फर्किएकाहरु धेरै छन् । उनीहरुलाई गाउँमा नै अवसर सिर्जना गर्नु हाम्रो कर्तव्य हो,” अध्यक्ष तामाङले भन्नुभयो, “पञ्चकन्याको नागरिकले गाउँमै उद्यम गर्नुपर्दछ । त्यसमा साथ स्थानीय तहको भरपुर छ ।”


    पञ्चकन्या गाउँपालिका र थाईल्याण्ड सरकारको आर्थिक सहयोगमा युनडिपी नेपालद्धारा स्थानीय साझेदार संस्था रुडेक नेपालको करिव ६ लाख ५० हजार रुपैयाँ र बेकरी उद्योग उपभोक्ता समितिको १ लाख रुपैयाँ लगानीमा उक्त उद्योग स्थापना गरिएको हो । उक्त उद्योगमा ३ जना युवालाई रोजगारी प्रदान गरिएको छ । सामुदायिक कोष प्रर्बद्धनका लागि संचालन हुने यस उद्योगले लागत पछि मुनाफालाई सप्तकन्या बिद्यालयको शैक्षिक कोषमा जम्मा गर्ने र उक्त कोष मार्फत गरिब तथा जेहेन्दार बिद्यार्थीलाई सहयोग गर्ने लक्ष्य रहेको छ ।


    सप्कन्या बेकरी उत्पादन परियोजना उपभोक्ता समिति मार्फत कार्यान्वयनमा आएको यस उद्योग संचालक समितिका अध्यक्ष छिरिङ तामाङले आगामी दिनमा पञ्चकन्यामा रहेका २८ वटा सामुदायिक बिद्यालयको बिद्यार्थीलाई दिवा खाजाको रुपमा बेकरीका परिकारहरु उपलव्ध गराउने बताउनुभएको छ । त्यसको लागि अन्य विद्यालयहरुसँग आवस्यक समन्वय भइरहेको समेत उहाँले बताउनुभएको छ ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया