शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • सदाचारमा नुवाकोटलाई नमुना जिल्ला बनाइने—प्रजिअ ढकाल

    समिकरण न्युज २०७७, २४ मंसिर बुधबार २१:१० पढ्न लाग्ने समय 2 मिनेट

    नुवाकोट । ‘सदाचारका साथ पुनरुत्थान’ भन्ने नाराका साथ वुधबार भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ ।
    यसै सन्दर्भमा सामुदायिक विकास केन्द्र नेपाल सिडिसिसँगको साझेदारीमा जिल्ला प्रशासन कार्यालय नुवाकोटले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । उक्त अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्नुहुदै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले सदाचारमा नुवाकोटलाई नमुना जिल्ला बनाउन जिल्ला स्थित सबै कार्यालयहरुसँग नियमित बैठक तथा छलफल हुने गरेको बताउनुभएको छ । आफैप्रति इमान्दार भएको खण्डमा मात्र भ्रष्टाचार अन्त्य गर्न सकिने बताउनुहुदै प्रमुख जिल्ला अधिकारी ढकालले काम गर्दा क्रोध लोभ र मोह त्याग्नु आवस्यक रहेको बताउनुभएको छ । उपभोक्ता समितितिलाई ठेगेदार बनाउनी परम्पराको अन्त्य नभएसम्म भ्रष्टचार भइरहने प्रमुख जिल्ला अधिकारी ढकालको तर्क रहेको छ । योजना कार्यान्वयन गर्दा गुणस्तर र परिमाणमा ध्यान दिनुपर्ने भन्दै उहाँले सकरात्मक सोचका साथ इमान्दार भएर काम गरेर नमुना नुवाकोट बनाउन सम्वद्ध पक्षलाई प्रेरित गरिरहेको उहाँले बताउनुभएको छ ।
    अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुदै जिल्ला सरकारी वकिल कार्यालय नुवाकोटका जिल्ला न्यायाधिवक्ता टेकराज भुसालले सार्वजनिक सेवा प्रदाय सस्थालाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेसी तथा जनसहभागितामुलक बनाउन सकेको खण्डमा भ्रष्टाचार निवारण गर्न सकिने बताउनुभएको छ । असल शासनका आधारभूत मान्यता अन्तर्गत पर्ने कानुनको शासन, भ्रष्टाचारमुक्त र चुस्त प्रशासन, विकेन्दीकरण, आर्थिक शुसासन तथा सावर्जनिक कार्य र श्रोतको कुशल व्यवस्थापनलाई आत्मसाथ गर्नुपर्ने जिल्ला न्यायाधिवक्ता भुसालले बताउनुभएको छ । प्रशासन संयन्त्रलाई सेवा प्रदायक संयन्त्र तथा सहजकर्ताको रुपमा रुपान्तरण गर्न सकेको खण्डमा भ्रष्टाचार निवारण गर्न सकिने उहाँको भनाई छ ।
    अन्तरक्रिया कार्यक्रममा जिल्लामा रहेको सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागीता रहेको थियो । सहभागीहरुले विशेष गरी घुस लिने र दिने दुबै शत्रु हुन् भन्ने गरिएता पनि घुस लिनेलाई मात्र कारवाही हुने गरेको तर घुस दिनेलाई कारवाही नहुने गरेको बताएका छन् । त्यस्तै सरकारी निकायसँगै निजि क्षेत्र पनि इमान्दार भएको खण्डामा भ्रष्टाचारलाई न्यूनिकरण गर्न सकिने उनीहरुको भनाई छ ।

    संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक डिसेम्बर ९ तारिखका दिन विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ । राष्ट्रसङ्घको महासभाले भ्रष्टाचार विरुद्ध संयुक्त रूपमा लड्न संयुक्त राष्ट्रसङ्घीय महासन्धि सन् २००३ मा पारित गरेको थियो । सन् २००५ देखि लागू भएको यो महासन्धिलाई नेपालले पनि अनुमोदन गरिसकेको छ । महासन्धि अनुसार नै नेपालले सम्पत्ति शुद्धिकरण गठन गरेको छ । हरेक वर्ष भ्रष्टाचार विरुद्ध विभिन्न कार्यक्रम हुँदै आएका छन् ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया