शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • विश्वका नागरिकहरुको तिर्थस्थलको रुपमा परिचित नेपालको पहिचानलाई हिन्दु राष्ट्रको रुपमा कायम हुनुपर्छ – डा. लोहनी ।

    समिकरण न्युज २०७७, २९ मंसिर सोमबार ०८:३३ पढ्न लाग्ने समय < 1 मिनेट

    बट्टार । पूर्व अर्थमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष डाक्टर प्रकासचन्द्र लोहनीले विश्वभरका नागरिकहरुको तिर्थस्थलको रुपमा परिचित नेपालको पहिचानलाई हिन्दु राष्ट्रको रुपमा कायम हुनुपर्ने बताउनुभएको छ ।
    राष्ट्र, राष्ट्रियता, सनातन धमर्, सस्कृति, संवैधानिक राज सस्था स्थापनार्थ विरोध ¥यालीलाई संवोधन गर्नुहुदै उहाँले हिन्दु धर्मको श्रोत केन्द्र नेपाल भएकोले राष्ट्रिय प्रजातन्त्र पार्टीले सुरुवातदेखि नै हिन्दु राष्ट्र नेपाललाई कायम गाराउनुपर्छ भन्ने आवाज उठाउदै आइरहेको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति नुवाकोट र संयुक्त राष्ट्रवादी संघर्ष समितिले आयोजना गरेको उक्त विरोध ¥यालीमा डाक्टर लोहोनीले नुवाकोट नेपाली राष्ट्रियताको सबैभन्दा ठूलो तिर्थस्थल समेत रहेको बताउनुभएको छ ।
    जिल्ला सदरमुकाम विदुरदेखि सुरु भएको विरोध ¥याली बट्टारमा आइपुगेर कोणसभामा परिणत भएको थियो । उक्त कोण सभामा बोल्नुहुदै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष डाक्टर लोहनीले हालको नेपाल सरकार नेपाली जनताको हित विपरितमा काम गर्दै आइरहेको आरोप लगाउनुभएको छ । नेपाली नागरिकको हित विपरित काम गर्ने सरकारको विपक्षमा आवाज उठाउन सम्पूर्ण सचेत वर्गहरुलाई आग्रह समेत गर्नुभएको छ ।
    यस्तै अधिवक्ता बालकृष्ण न्योपानेले अहिलेको सरकारलाई दुध नदिने भैसीको संज्ञा दिनुभएको छ । राज्य संचालन गर्नेहरु पद र मर्यादा विपरित कदम चाल्दै हिड्ने र उनीहरु तलव भत्ता बाडेर राज्यको ढुकुटी सकाउन मात्र तल्लिन रहेको आरोप अधिवक्ता न्योपानेले लगाउनुभएको छ ।
    यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य झनक प्याकुरेलले हाल प्रत्येक घरमा एक न एक जना राजसस्थाको पक्षमा रहेको जिकिर गर्नुभएको छ । जिल्ला अध्यक्ष कुलबहादुर खड्कीले बहुमत प्राप्त सरकारको विरुद्धमा सडकमा उत्रन पर्नु बिडम्बना भएको बताउनुभएको छ । जुनसुकै पार्टीलाई निर्वाचनमा मतदान गरेको भए पनि आफ्नो धर्म, सस्कृति माथी भइरहेको प्रहारलाई टुलुटुलु हेर्नुपर्ने बाध्यतालाई चिर्नुपर्ने जिल्ला अध्यक्ष खड्कीको भनाई छ ।


    जिल्ला सदरमुकाम विदुरदेखि सुरु भएको विरोध ¥यालीमा सहभागी भएकाहरुले चन्द्र सूर्य अंकित नेपालको झण्डा बोकेर राष्ट्र, राष्ट्रियता, सनातन धमर्, सस्कृति, संवैधानिक राज सस्था स्थापनार्थको लागि नारा लगाएका थिए ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया