बुधबार, ३ कार्तिक २०७८
  • adarsha computer nuwakot
  • लप्सीको परिकार बनाउने तालिम समापन

    समिकरण न्युज २०७७, २९ मंसिर सोमबार ०८:४० पढ्न लाग्ने समय < 1 मिनेट

    बट्टार । ग्रामीण प्रवद्र्धन केन्द्र नुवाकोटको सहजीकरणमा पञ्चकन्या गाउँपालिकाले आयोजना गरेको लप्सीको परिकार बनाउने तालिम समापन भएको छ ।
    तालिम समापन कार्यक्रमलाई संवोधन गर्नुहुदै पञ्चन्या गाउँपालिकाकी उपाध्यक्ष सीता खड्का पराजुलीले तालिमका सहभागिहरुलाई आगामी वर्ष पनि पुनर्ताजकी तालिम प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । खेर गइरहेको स्थानीय श्रोतमा आधारित उद्यम अन्तर्गत लप्सीको परिकार बनाउने तालिम उपलव्धीमुलक हुनेछ भन्ने अपेक्षा गरेको उपाध्यक्ष खड्काले बताउनुभएको छ
    पञ्चकन्या गाउँपालिकाको वडा नम्बर ३ मा आयोजित समापन कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष रामबाबु पराजुली, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेस पुडासैनी, जिपि फाउण्डेसनका जिल्ला सचिव पुर्सोतम खड्का लगायतको सहभागिता रहेको थियो । यहि मंसिर २३ गतेदेखि सुरु भएको तालिममा शिवपार्वती महिला समूह, गोदावरी महिला समूह र दुप्चेश्वर महिला समूहमा आवद्ध १५ जना महिलाहरुको सहभागिता रहेको थियो ।

    तालिमका सहभागिहरुलाई प्रमाणपत्र र प्रत्येक समूहलाई लप्सीको विभिन्न परिकार बनाउन आवस्यक उपकरण प्रदान गरिएको ग्रामीण प्रवद्र्धन केन्द्र नुवाकोटका अध्यक्ष रामचन्द्र न्यौपानेले बताउनुभएको छ ।
    तालिममा प्रशिक्षक प्रेममायाँ तामाङले सहजीकरण गर्नुभएको थियो । तालिमका सहभागीहरुले सिपलाई व्यवसायमा लागउन सकेको खण्डमा आर्थिक उपार्जन गर्नलाई सहज हुने प्रशिक्षक तामाङले बताउनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया