बट्टार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरुद्ध सडकमा प्रदर्शन गरेको छ । पुल उद्घाटन गर्न जाँदा तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार भएको घटनापछि कांग्रेस कार्यकर्ता सडक प्रदर्शनमा उत्रिएका थिए । कार्यकर्ता आफैँ सडकमा उत्रिएपछि कांग्रेस बैठकले देशभर एकैसाथ, एउटै नाराका साथ सोमबार सरकारका विरुद्ध प्रदर्शन गर्ने कार्यक्रम बनाएको थियो ।
कांग्रेसले पौडेलमाथी दुव्र्यवहारसहित सर्वसत्तावादी चरित्र देखाएको, भ्रष्टाचार बढेको र प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरेको, जनताको स्वास्थ्य सुरक्षामाथि खेलबाड र महिला हिंसा तथा बलात्कारका घटना वृद्धिजस्ता दर्जनौँ मुद्दा देखाएर विरोध प्रदर्शन गरेको हो । कांग्रेसले कोरोना संक्रमण फैलिन नदिन भौतिक दूरी कायम गर्दै मास्क लगाएर सडक प्रदर्शन गर्न कार्यकर्तालाई निर्देशन दिएको थियो ।
सोही निर्देशन अनुसार नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति नुवाकोटले पनि विदुर स्थित पार्टी कार्यालयबाट बट्टारसम्म वृहत विरोध ¥याली आयोजना गरेको छ । विरोध ¥याली पश्चात आयोजित कोणसभालाई संवोधन गर्नुहुदै केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेपाल कम्युनिष्ट पार्टीबाट सञ्चालित नेपाल सरकार लोकतन्त्रको नाममा लुटतन्त्रलाई प्रसय दिइरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष द्धय केपी शर्मा वली र पुष्पकमल दाहाल प्रचण्ड एकअर्कामा दोषारोपण गर्न केन्द्रित रहेको भन्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य भण्डारीले विकासको बाधक कम्युनिष्टका नेताहरु रहेको आरोप लगाउनुभएको छ ।
जनताले औषधोपचार र कृषकले मल नपाइरहेको अवस्थामा झलनाथ खनालको ट्रष्टलाई अत्याधिक बजेट विनियोजन गरेको प्रति नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य भण्डारीको आक्रोस रहेको थियो । कम्युनिष्टहरुलाई नेतृत्वमा पुराउन नहुने समेत उहाँको तर्क रहेका थियो ।
यस्तै संघिय सांसद बहादुरसिंह लामा तामाङले जनतालाई नेपाल सरकारले भ्रम मात्र छरिरहेको बताउनुभएको छ । समृद्ध नेपाल सुखि नेपाली नेपाली भन्ने नारा सहित अघि बढेको नेपाल सरकार नारामा मात्र सिमित भएको उहाँको भनाई छ ।
विरोध ¥याली पश्चातको कोणसभामा महासमिति सदस्यहरु रमेश महत, सन्तमान तामाङ, केदारनरसिंह केसी, नेपाली काङ्ग्रेस नुवाकोटका पूर्व सभापती ध्रुव अधिकारी, नुवाकोट क्षेत्र नम्बर १ का क्षेत्रीय सभापती ध्रुव श्रेष्ठ, महिला संघ पूर्व अध्यक्ष विन्दा अर्याल, विद्यार्थी नेता शंकर पाण्डे, लगायतले कम्युनिष्ट सरकारको गतिविधि प्रति असन्तुष्टि व्यक्त गर्दै नेपाली काङ्ग्रेसमा पनि एकताको खाचो रहेको बताएका छन् ।
यस्तै नेपाली काङ्ग्रेसका जिल्ला सभापती जगदीश्वरनरसिंह केसीले काङ्ग्रेससँग जोरी खोज्ने पार्टीहरु पलायन हुदै आइरहेको बताउनुभएको छ । काङ्ग्रेसको कुनै एक कार्यकर्तालाई कम्युनिष्टले दुख दिएको खण्डमा कम्युनिष्टको हविगत देखाइदिने चेतावनी समेत सभापती केसीको रहेको छ ।
विरोध ¥यालीमा सहभागी भएका नेता तथा कार्यकर्ताहरुले भ्रष्ट सरकार चाहिंदैन, गणतन्त्र मास्न पाइदैन, लोकतन्त्र हाई हाई, प्रतिगामी बाई बाई, समाजवादी हाई हाई, भ्रष्टाचारी बाईं बाई, रासायनिक मल पाइदैन, किसानमारा सरकार चाहिंदैन जस्ता नाराहरु लगाएका थिए ।