बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • लक्ष्मी फुयालको अध्यक्षतामा मानव अधिकारको लागि महिला एकल महिला सस्थाको पुनर्गठन ।

    समिकरण न्युज २०७७, १ पुष बुधबार १०:१४ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । बेलकोटगढी नगरपालिका स्थित जिलिङकी लक्ष्मी फुयालको अध्यक्षतामा मानव अधिकारको लागि महिला एकल महिला सस्थाको पुनर्गठन गरिएको छ ।
    सस्थाको अधिबेशनबाट फुयालको अध्यक्षतामा सर्बसम्मत रुपमा नयाँ कार्य समिति चयन गरिएको हो । सस्थाको उपाध्यक्षमा गङ्गा बोगटी, सचिवमा रुपा थापा, सहसचिवमा रेणु खतिवडा र कोषाध्यक्षमा शान्तिदेबि प्रधान चयन भएका छन् ।
    यस्तै सदस्यहरुमा दिलकुमारी रिमाल, सुपानी तामाङ, देबकी लामा, जानुका थापा, देवकी पौडेल, सानुकान्छी अधिकारी र सबिना पाण्डे रहनुभएको छ । साथै सस्थाको सल्लाहकारहरुमा राज्यलक्ष्मी श्रेष्ठ पाण्डे, राजकुमार आचार्य र नारायणप्रसाद नेपाल रहनुभएको छ ।


    मानव अधिकारको लागि महिला एकल महिला सस्था विसं २०६४ सालमा जिल्ला प्रशासन कार्यलयमा दर्ता भइ जिल्ला भरि एकल महिलाको क्षेत्रमा विभिन्न कार्य गर्दै आएको निबर्तमान अध्यक्ष देवकी पौडेलले बताउनुएको छ ।
    एकल महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनलाई सस्थाले सहकारी स्थापना गर्ने, एकल महिलाहरुलाई सिप विकास, क्षमता विकास र नेतृत्व विकास गराउन खालका क्रियाकलाप सञ्चालन गर्ने, नवनिर्वाचित अध्यक्ष लक्ष्मी फुयालले बताउनुभएको छ । संस्थाले स्थानीय तह स्तरीय कार्यक्रमहरु सञ्चालन गर्ने उहाँको भनाई छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया