शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको १०औँ साधारण सभा– तीन पत्रकार पुरस्कृत ।

    समिकरण न्युज २०७७, ९ पुष बिहीबार २३:०४ पढ्न लाग्ने समय < 1 मिनेट


    विदुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको १०औँ साधारण सभाको अवसरमा ३ जना पत्रकार पुरस्कृत भएका छन् ।
    विहिवार सम्पन्न साधारणसभामा पुरस्कृत हुनेहरुमा अर्थपथ डट कमका सम्पादक विष्णु तारुके,

    सगरमाथा पोष्ट डटकमका सम्पादक रबिनप्रसाद थपलिया

    र बिबिसी नेपाली सेवाका जिल्ला सम्वाददाता शक्तिमाया तामाङ रहेका छन् ।

    तारुकेलाई स्वर्गीय मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार, थपलियालाई स्वर्गीय रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कार र तामाङलाई महिला पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । स्वर्गीय मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कारको लागि डबली खवर डट कम, स्वर्गीय रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कार नुवाकोट जेसिस र महिला पत्रकारिता पुरस्कार त्रिशूली प्रवाह साप्ताहिकले सौजन्य गरेको थियो । यी तीन वटै पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ रहेको छ
    यस्तै दीर्घ सेवा सम्मान त्रिशूली प्रवाह साप्ताहिकका प्रकासक एवं सम्पादक शरण उत्सुक सापकोटालाई प्रदान गरिएको छ ।

    कोरोना भाइरसको विषम परिस्थितिमा नागरिकहरुको स्वास्थ्य संवेदनालाई मध्यनजर गर्दै जिल्लाका विभिन्न सञ्चार माध्यम र पत्रकारहरुलाई समेत प्रशंसा पत्र मार्फत सम्मान गरिएको छ ।
    नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको १०औँ वार्षिक साधारण सभा तथा सम्मान र पुरस्कार वितरण समारोहलाई संवोधन गर्नुहुदै नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका महासचिव रमेश विष्टले प्रत्यक्ष निर्वाचन प्रणालीबाट जिल्ला, प्रदेश र केन्द्रको नेतृत्व निर्वाचन मार्फत चयन गरिने भएकोले नेतृत्वमा बास्तविक पत्रकार पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । निर्वाचनमा जित्ने होडबाजीको कारण गैर पत्रकारहरुलाई सदस्यता दिने परम्पराको थालनी भएकोले पत्रकार र महासंघको शुद्धिकरणको कुरा आइरहेको भन्दै महासचिव विष्टले महासंघको नेतृत्व गर्न चाहानेले नै औपचारिक रुपमा गरिएको कुरालाई कार्यान्वयन गर्नु आवस्यक रहेको बताउनुभएको छ ।
    साधारण सभामा जिल्ला शाखाका सचिव जगदीश खनालले कार्यप्रगति र सांगठनिक अवस्था सम्वन्धी प्रतिवेदन र कोषाध्यक्ष शुनिल विष्टले आयब्यय विवरण प्रस्तुत गरेका थिए ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया