शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • ग्लोवल सहकारीको अध्यक्षमा श्रेष्ठ चयन ।

    समिकरण न्युज २०७७, ११ पुष शनिबार १६:४९ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ४ स्थित बट्टारमा रहेको ग्लोवल उपभोक्ता सहकारी संस्था लिमिटेडको नवौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

    चौथो अधिवेसनले सहकारीको सञ्चालक समितिको उपाध्यक्षमा पवन नेपाल, सचिवमा विष्णुहरी अर्याल र कोषाध्यक्षमा देवनारायण चित्रकारलाई चयन गरेको छ । समितिका सदस्यहरुमा सुदर्शनमान दुवाल, रघुनाथ रिमाल, उसनमान श्रेष्ठ, सर्जु श्रेष्ठ र राजकुमार श्रेष्ठलाई चयन गरेको छ ।

    यस्तै, अधिबेशनवाट सरोज डंगोलको संयोजकत्वमा शर्मिला डंगोल र भवानी भट्ट सदस्य रहेको लेखा तथा सुपरिवेक्षण समिति चयन गरेको निर्वाचन अधिकृत शिशिरकुमार लामिछानेले जानकारी दिनुभएको छ । साधारणसभा उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष विष्णुप्रसाद रिमालले वार्षिक प्रतिवेदन तथा भावी योजना, कोषाध्यक्ष देवनारायण चित्रकारले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक गजेन्द्र खड्काले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    संस्थामा हाल १ हजार ५ सय ८० जना सेयर सदस्यको १ करोड २४ लाख ३५ हजार नौ सय रुपैयाँ सेयरपुँजी रहेको प्रतिवेदनमा जनाईएको छ । संस्थाले गत आवमा ९ लाख ११ हजार २ सय ४१ रुपैयाँ नाफा आर्जन गरेको कोषाध्यक्ष चित्रकारको प्रतिवेदनमा जनाईएको छ । साधारणसभामा संस्थाका सदस्य सुदर्शनमान दुवाल, पुरुषोत्तम सापकोटा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया