बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • नुवाकोटमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १२९

    समिकरण न्युज २०७७, १४ पुष मंगलवार १४:२९ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटमा हाल १ सय २९ जना सक्रिय कोरोना सङ्क्रमित रहेका छन् ।
    ती सक्रिय सङ्क्रमित मध्ये विदुर नगरपालिकामा ८८, बेलकोटगढी नगरपालिकामा ११, सूर्यगढी गाउँपालिकामा १०, लिखु गाउँपालिकामा ७, किस्पाङ गाउँपालिकामा ३, म्यागङ गाउँपालिकामा २ र तारकेश्वर गाउँपालिकामा ५ जना रहेका छन् । स्वास्थ्य कार्यालय नुवाकोटको अनुसार ककनी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र पञ्चकन्या गाउँपालिकामा एकएक जना सक्रिय कोरोना भाइरस सङ्क्रमित रहेका छन् । हाल शिवपुरी गाउँपालिका र तादी गाउँपालिकामा कोरोना सङ्क्रमित सून्य रहेको छ ।
    सक्रिय सङ्क्रमित १ सय २९ जना नै होम आइशुलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नुवाकोटको अनुसार ती ६ जना सङ्क्रमित विदुर नगरपालिका भित्रका नागरिक रहेका छन् । योसँगै नुवाकोटमा कुल सङ्क्रमितको सङ्ख्या १ हजार १९ पुगेको छ । ती मध्ये ८ सय ८९ जना कोरोना मुक्त भइसकेका छन् । पछिल्लो समय १० जना सङक्रमित कोरोना मुक्त भएका भएका हुन् ।
    अहिलेसम्म ६ हजार १ सय ८८ जना पुरुष र २ हजार २ सय ९३ जना गरी ८ हजार ४ सय ८१ जनाको पिसिआर विधि मार्फत कोरोना परिक्षण गरिएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया