शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • कम्प्युटर एसोसियसन नेपाल महासंघ जिल्ला शाखा नुवाकोटको संयोजकमा नेपाल चयन ।

    समिकरण न्युज २०७७, १८ पुष शनिबार १६:३३ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । आदर्श कम्युटर बट्टारका सञ्चालक पवन नेपालको संयोजकत्वमा कम्प्युटर एसोसियसन नेपाल महासंघ जिल्ला शाखा नुवाकोटको तदर्थ समिति गठन गरिएको छ ।
    शनिवार विदुरमा सम्पन्न प्रथम भेलाले नेपालको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा त्रिशुली कम्युटरका सञ्चालक दिलिपकुमार शाक्य, युनिभर्सल कम्प्युटरका सञ्चालक नारायणकुमार घले, युनिक कम्युटरका सञ्चालक मनिषकुमार शाह र लिडर अल सोलुसनका सञ्चालक लिडर श्रेष्ठ रहेका छन् ।


    कम्प्युटर एसोसियसन नेपाल महासंघका केन्द्रीय अध्यक्ष नवराज कुवँरले ७७ वटै जिल्लामा जिल्ला शाखा स्थापना गर्ने क्रममा रहेको र नुवाकोट सहित ५५ वटा शाखा स्थापना भइसकेको बताउनुभएको छ । विश्व नै प्रविधिमय भइरहेको अवस्थामा नेपाल पछाडी नै रहेकोले कम्प्युटर एसोसियसन नेपाल महासंघ देशको ग्रामीणा भेगमा समेत प्रविधि पुराउनको लागि प्रयासरत रहेको बताउनुभएको छ ।
    कार्यक्रममा कम्प्युटर एसोसियसन नेपाल महासंघका केन्द्रीय सचिव शेखरनाथ दुलाल, वागमती प्रदेश महासंघ अध्यक्ष मनोजकुमार न्यौपाने, केन्द्रीय सदस्यहरु भानु शर्मा, वुद्धरत्न मानन्धर, सुदिप श्रेष्ठ लगायतले सूचना र प्रविधिको विकासमा कम्युटरको भूमिका महत्वपूर्ण रहेकोले अझै विकासको लागि जिल्ला शाखाहरुको सहकार्य र समन्वयलाई बढाउनुपर्ने बताएका छन् ।
    यस्तै नुवाकोट शाखाका संयोजक पवन नेपालले कम्युटरको क्षेत्रमा व्यापार व्यवसाय गर्दै आइरहेका व्यवसायीहरुलाई समेट्दै लैजाने र गाउँगाउँसम्म प्रविधिको पहुच पुराउन पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया