बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • पृथ्वी जयन्ती मनाउन सार्वजनिक विदा दिने विदुरको निर्णय ।

    समिकरण न्युज २०७७, २६ पुष आईतवार १८:०६ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटको विदुर नगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा सोमवार सार्वजनिक विदा गर्ने निर्णय गरेको छ ।
    नगरपालिकाको विसं २०७६ असार १० गतेको पाचौँ नगर सभाको बैठक र कार्यालयको यहि पुस २४ गते शुक्रवारको बैठकले पृथ्वी जयन्ती एवं राष्ट्रिय एकीकरण दिवस मनाउन सार्वजनिक विदा दिने निर्णय गरेको हो । विदुर नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरुलाई सोमबार विदा दिइएको हो ।
    सोमबार २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गरेर मनाइदैछ । गत वर्षहरुमा जस्तै यस वर्ष पनि विदुर नगरपालिका वडा नम्बर ५ देविघाट स्थित पृथ्वीनारायण शाहको सालिक रहेको परिसरमा पृथ्वी स्मारक संरक्षण समितिले विशेष कार्यक्रम गर्दैछ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया