बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • न्यौपानेको अध्यक्षतामा जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटको सञ्चालक समिति चयन ।

    समिकरण न्युज २०७७, १ माघ बिहीबार ०८:३९ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटको सञ्चालक समितिको अध्यक्षमा गोकर्णनाथ न्यौपाने चयन हुनुभएको छ ।
    बुधबार सम्पन्न २८औ साधारण सभा तथा अधिवेशनले सर्वसम्मत रुपमा न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
    संघको उपाध्यक्ष शिबप्रसाद अधिकारी, सचिब प्रकाशकुमार अधिकारी, सहसचिब ओमप्रकाश श्रेष्ठ, कोषाध्यक्षमा अरुणकुमार श्रेष्ठ चयन भएका छन् । यस्तै, सदस्यहरुमा इन्दिरा मुडबरी, पबित्रा घिमिरे, धनकुमारी रिजाल, होमबहादुर तामाङ, सिता भट्टराई, नबिन्द्रमान प्रधान, कुलबहादुर खड्गी, भोजराज पनेरु, गोकर्ण रोक्का, सबिनराज भण्डारी, प्रदिप अधिकारी, बाबुराम अधिकारी, कृष्ण बहादुर धिताल, अर्जुनप्रसाद न्यौपाने, लक्ष्मण श्रेष्ठ, रामेश्वर खड्का रहेका छन् ।
    यस्तै, नारायण श्रेष्ठको संयोजकत्वमा तिन सदस्यीय लेखा समिति चयन भएको छ । समितिको सदस्यहरुमा सरिता मोक्तान र नवराज पाण्डे रहेका छन् ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया