विदुर । वेलकोटगढी नगरपालिका वडा नम्बर ७ रातमाटेमा अवस्थित महादेव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु निर्वाचन मार्फत छनौट गरिएको छ ।
विद्यालयको २२औँ अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन सिमिति गठन प्रयोजनार्थ आइतबार निर्वाचन भएको थियो । निर्वाचनमा खुला तर्फबाट भाइराम नेपाल १ सय ७९, हरिबहादुर तामाङ १ सय ६५, महिला तर्फबाट सावित्री घिमिरे १ सय ५८ र दलित तर्फबाट कृष्णबहादुर दमाई १ सय ५६ मतको साथ विजयी भएका छन् ।
विद्यालय व्यवस्थापन समितिको सदस्य चयनको लागि खुला तर्फबाट ५ जना, महिला तर्फबाट २ जना र दलित तर्फबाट २ जनाले उम्मेदवारी दिएका थिए ।
विद्यालयको ३ सय ३५ जना अभिभावक अर्थात मतदाता मध्ये ३ सय १ जनाले आफ्नो मताधिकार प्रयोग गरेका थिए । विद्यालय व्यवस्थापन समितिको अध्यक्षको लागि निर्वाचित चारजना सदस्यहरू मध्येबाट एक जनालाई नगर शिक्षा समितिबाट मनोनयन गर्ने प्रावधान रहेको छ ।
विद्यालयको व्यवस्थापन सुदृढीकरणका साथै विद्यार्थीको पढाइलाई मजबुत बनाउन र विद्यालयमा हुनसक्ने विभिन्न किसिमका अनियमिततालाई रोक्न प्रतिवद्ध रहने निर्वाचित सदस्य मध्येका एक भाइराम नेपालले बताउनुभएको छ ।