विदुर । शिवपुरी गाउँपालिका वडा नम्बर ४ सिक्रेमा अवस्थित टिका ‐ कमला थापा स्मृति संस्थाले ३ वटा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
सस्थाले एक कार्यक्रमका विच शिवपुरी गाउँपालिका वडा नम्बर ३ मा रहेको विष्णुदेवी आधारभूत विद्यालय, वडा नम्बर ४ मा रहेको शिवपुरी एकता आधारभूत विद्यालय र वडा नम्बर ५ रहेको नेपाने आधारभूत विद्यालयका ८० जना विद्यार्थीलाई कापी कलम लगायतका शैक्षिक सामाग्री वितरण गरेको हो । शिक्षा, स्वास्थ्य र विपदको क्षेत्रमा काम गर्ने उदेस्यको साथ विसं २०७५ सालमा स्थापना भएको सस्थाले वार्षिक रुपमा १० देखि १५ लाख रुपैयाँ सम्म खर्च गर्ने गरेको सस्थाका अध्यक्ष राम थापाले जानकारी दिनुभएको छ । स्वर्गीय आमा र बहिनीको सम्झनामा स्थापना भएको सस्थाले गाउँपालिकाको प्रत्येक वडाबाट एकएक वटा विद्यालय छनौट गरी शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै आइरहेको थापाले बताउनुभएको छ ।
शिक्षक समेत रहनुभएका वहिनी कमला थापाको नाममा रहेको सम्पती विक्रि गरी आएको रकमबाट अक्षय कोष स्थापना गरेको र प्राप्त हुने व्याजबाट सस्थाले शिक्षा, स्वास्थ्य र विपदको क्षेत्रमा काम गरिरहेको सस्थाका अध्यक्ष थापाले बताउनुभएको छ । आगामी दिनमा पारिवारिक स्तरबाटै सस्थाको आर्थिक स्थिति बढाउदै लैजाने लक्ष्य रहेको उहाँले बताउनुभएको छ ।
सस्थाले विशेष गरी शिक्षाको गतिविधि शिवपुरी गाउँपालिकामा सिमित राखेको भए पनि स्वास्थ्य र विपदको क्षेत्रमा भने अन्य पालिकाहरुमा पनि गतिविधि सञ्चालन गर्दै आइरहेको उहाँको भनाई रहेको छ ।