बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई १ सय थान फ्लोरोसेन्ट ज्याकेट प्रदान

    समिकरण न्युज २०७७, ९ माघ शुक्रबार २१:३९ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई १ सय थान फ्लोरोसेन्ट ज्याकेट प्रदान गरेको छ ।
    संस्थाको संचालक समितीका अध्यक्ष सन्जिब मानन्धर सहित प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल लगायतको उपस्थितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललिता ढकाललाई फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गरिएको हो । ट्राफिक प्रहरीको लागि १५ थान र नेपाल प्रहरीको लागि ८५ थान गरि सय थान फ्लोरोसेन्ट ज्याकेट प्रदान गरिएको हो ।
    फिल्डमा खटिएका प्रहरीहरु फ्लोरोसेन्ट ज्याकेटको अभावमा दुर्घटनामा परिरहेको खबर आइरहने गरिएकोले दुर्घटना न्यूनिकरण गर्न सहयोग पुराउने उदेस्यले संस्थाले उक्त ज्याकेट प्रदान गरिएको जनाएको छ ।
    नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको माइक्रोफाइनान्सले हाल १ सय २० शाखा कार्यालयमार्फत ५९ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको छ । संस्थाले १ लाख २५ हजार भन्दा बढी विपन्न घर परिवारलाई लघुवित्तीय सेवा दिइरहेको छ ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया