शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • पूर्व प्रहरी सम्मिलित विदुर नगर कार्य समिति गठन

    समिकरण न्युज २०७७, ११ माघ आईतवार १४:२८ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । पूर्व प्रहरी संगठन विदुर नगर कार्य समिति गठन गरिएको छ ।
    हितबहादुर तमाङको अध्यक्षतामा ११ सदस्यीय विदुर नगर कार्य समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा राजेन्द्रबहादुर बोगटी, सचिवमा इन्द्रबहादुर राई, कोषध्यक्षमा मानबहादुर तमाङ रहेका छन् । यस्तै सदस्यहरुमा चन्द्रबहादुर बोगटी , हिरालाल तमाङ, रेशम नेपाली, बाशु के सी, नारायणप्रसाद न्यौपाने, अर्जुनबहादुर न्यौपाने र रामकृष्ण तिमल्सिना चयन भएका छन् ।
    पूर्व प्रहरी संगठनको केन्द्रिय कार्य समितिको निर्देशन अनुसार स्थानिय तहमा कार्य समिति गठन गरिएको जिल्ला कार्य समितिका सचिव होमबहादुर तामाङले बताउनुभएको छ । स्थानीय तह सम्म संगठनलाई बिस्तार गरिदा पूर्व प्रहरीहरु सामाजिक कार्यमा सहभागी हुन , आफ्नो हक अधिकार प्राप्तको लागि र संगठनको बिकासको लागि ठुलो मद्दत पुग्ने बिस्वास लिएको सचिव तामाङले बताउनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया