शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • मानव सेवा आश्रमद्धारा १४ जनाको उद्धार

    समिकरण न्युज २०७७, ११ माघ आईतवार १६:५६ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । विशेष गरी मानसिक रुपमा अस्वस्थ्य भई सडकमा बस्दै आएका व्यक्तिहरुको सेवाको लागि सञ्चालित मानव सेवा आश्रमले नुवाकोटबाट १४ जनाको उद्धार गरेको छ ।
    बेसहारा, असाहाय, अनाथ, अभिभावकविहिन लगायतका कारण सडकमा आइपुगेका नागरिकहरुको उद्धारको लागि मानव सेवा आश्रमले राष्ट्रिय रुपमा मेची महाकाली यात्रा सञ्चालन गरिरहेको छ । सोही यात्राको क्रममा शुक्रवार नुवाकोट आइपुगेको मानव सेवा आश्रमको टिमले विदुर, बट्टार, तुप्चे, लगायत स्थानको सडकमा रहेका नागरिकहरुको उद्धार गरिएको हो । उद्धार गरिएका ती व्यक्तिहरुलाई काठमाडौँ लगिसकिएको छ । उद्धार गरिएका व्यक्तिहरुको औषधोपचार, मनोपरामर्श, परिवारिक पुनर्मिलन लगायतका काम गर्ने आश्रमले जनाएको छ ।
    मानव सेवा आश्रमको अभियानलाई आत्मसाथ गर्दै नुवाकोटको बट्टारदेखि विदुरसम्म सचेतनामुलक नारा सहित ¥याली प्रदर्शन गरिएको थियो । ¥याली पश्चात आयोजित कोणसभालाई संवोधन गर्नुहुदै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले मानव सेवा आश्रमको अभियानको प्रशंसा गर्नुहुदै सडक मानवहरुको उद्धार, उपचार र व्यवस्थापनको लागिथ स्थानीय तहहरुमा समेत संयन्त्र रहेकोले त्यसलाई प्रभावकारी बनाउनु आवस्यक रहेको बताउनुभएको छ । सडक मानवको उद्धार पश्चात सम्वन्धित परिवारको पहिचान गरि परिवारलाई नै जिम्मेवार बनाउनु आवस्यक रहेको उहाँको भनाई छ ।


    यस्तै कोण सभामा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले उद्धार गरिएका नागरिकहरुलाई काठमाडौा सम्म पुराउनको सवारीसाधनको व्यवस्थापन गरेको बताउनुभएको छ । साथै मेयर पण्डितले सडक मानव उद्धारको साथै गास बास र कपासको लागि आवस्यक सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।


    सडक मानव मुक्त राष्ट्र घोषणा २०७८ गर्ने सरकारको नितिलाई सफल बनाउने अभियानमा मानव सेवा आश्रमको योगदान महत्वपूर्ण रहदै आएको नुवाकोटका सरोकारवालाहरुले बताएका छन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया