बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • नुवाकोटमा निजि आवास पूननिर्माणको लागि अहिलेसम्म २० अर्व ४१ करोड ७१ लाख ५० हजार रुपैयाँ खर्च

    समिकरण न्युज २०७७, १४ माघ बुधबार १०:०२ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोटमा निजि आवास पूननिर्माणको लागि अहिलेसम्म २० अर्व ४१ करोड ७१ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।
    जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यलय नुवाकोटको अनुसार निजि आवास निर्माणको लागि आर्थिक वर्ष २०७२÷७३ मा १० करोड १९ लाख ५० हजार रुपैयाँ, आर्थिक वर्ष २०७३÷७४ मा ३ अर्व ९३ करोड १९ लाख ५० हजार रुपैयाँ, आर्थिक वर्ष २०७४÷७५ मा ४ अर्ब २४ करोड ८६ लाख रुपैयाँ खर्च भएको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यलय प्रमुख शम्भुकुमार शाहले जानकारी दिनुभएको छ । यस्तै आर्थिक वर्ष २०७५÷७६ मा ४ अर्ब ७४ करोड २० लाख रुपैयाँ, आर्थिक वर्ष २०७६÷७७ मा १ अर्ब ८४ करोड ९ लाख रुपैयाँ, र चालु आर्थिक वर्षको हाल सम्ममा ५० करोड ३७ लाख ५० हजार रुपैयाँ खर्च भएको बताइएको छ ।
    यो अवधीमा पहिलो भूकम्प पिडित लाभग्राहीमा परेका ७७ हजार २८ परिवारलाई ३ अर्ब ६९ करोड ३८ लाख रुपैयाँ दोश्रो किस्ता वापत ७२ हजार ११ परिवारलाई १० अर्ब ३३ करोड ७९ लाख ५० हजार रुपैयाँ र तेश्रो किस्ता बापत ६६ हजार ५ सय ९२ परिवारलाई ६ अर्ब ३८ करोड ५५ लाख रुपैयाँ प्रदान गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यलय नुवाकोटले जनाएको छ ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया