शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • कोरोना भाइरस संक्रमण रोकथामको लागि पहिलो चरणको खोप अभियान नुवाकोटमा पनि सुरु

    समिकरण न्युज २०७७, १४ माघ बुधबार २१:४० पढ्न लाग्ने समय 2 मिनेट

    नेपाल सरकारको निर्णय अनुसार कोरोना भाइरस संक्रमण रोकथामको लागि पहिलो चरणको खोप अभियान नुवाकोटमा पनि सुरु भएको छ ।
    त्रिशुली अस्पतालमा आयोजित एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले नुवाकोटमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएको घोषणा गर्नुभएको थियो । साथै त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर दिपेन्द्र पाण्डेले पहिलो खोप लगाएर नुवाकोटमा कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप अभियान सुरु गर्नुभएको हो ।

    जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ त्रिशुली अस्पताल नुवाकोटका मेडिकल सुपरिटेन्डेन डाक्टर दिपेन्द्र पाण्डेलाई खोप कार्ड प्रदान गनुृहुदै


    जनसङ्ख्याको आधारमा समानुपातिक रुपमा १२ वटै स्थानीय तहमा कोरोना भाइरस विरुद्धको खोप पुराउन आवस्यक सहकार्य र समन्वयको लागि जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले प्रतिवद्धता जनाउनुभएको छ । विकासोन्मुख राष्ट्रको रुपमा परिचित नेपालमा कोरोना भाइरस विरुद्धको खोपआइपुग्न समय लाग्न सक्छ भन्ने आकलन भइरहेको समयमा भारत सरकारले उपलव्ध गराएको खोपले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि भइरहेको प्रयासलाई बढाउन उत्साह थपिएको उहाँले बताउनुभएको छ ।

    जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ


    जोखिम मोलेरै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि नागरिकको सेवामा लागेको स्वास्थयकर्मीलाई पहिलो प्राथमिकता दिएर खोप अभियान सञ्चालन गर्ने निर्णय सरकारले गरेकोमा त्रिशुली अस्पताल नुवाकोटका मेडिकल सुपरिटेन्डेन डाक्टर दिपेन्द्र पाण्डेले खुसी व्यक्त गर्नुभएको छ । साथै उहाँले आफैबाट जिल्लामा कोरोना भाइरस विरुद्धको खोप लगाएर अभियान सुरु गरेकोले यसबाट नकरात्मक असर देखा पर्छ कि भन्ने भ्रम नरहेको बताउनुभएको छ ।

    त्रिशुली अस्पताल नुवाकोटका मेडिकल सुपरिटेन्डेन डाक्टर दिपेन्द्र पाण्डे


    कोरोना भाइरस संक्रमण रोकथामको लागि पहिलो चरणको खोप अभियान माघ १९ गते सोमबारसम्म सञ्चालन हुनेछ ।

    पहिलो चरणमा स्वास्थ्यकर्मिहरु, महिला स्वास्थ्य स्वयमसेविका, सरसफाईकर्मी, एम्बुलेन्स चालक गरी २ हजार ४ सय २ जनालाई खोप लगाइने स्वास्थ्य कार्यलय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिनुभएको छ । खोप अभियानको लागि जिल्लामा २ वटा खोप केन्द्रहरुको व्यवस्थापन गरिएको छ । त्रिशुली अस्पताल नुवाकोट तथा खरानीटार अस्पतालहरुमा कोरोना भाइरस विरुद्ध खोपको खोप केन्द्रहरु सञ्चालन गरिएकोे स्वास्थ्य कार्यालय प्रमुख घिमिरेले बताउनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया