विदुर । विनासकारी भूकम्प २०७२ बाट भत्किएका निजि आवासको पूननिर्माणको कार्य नुवाकोटमा अन्तिम चरणमा पुगेको छ ।
निजि आवास गुमाएर लाभग्राही सूचिमा समावेस भएका मध्ये १५ दशमलव ९ प्रतिसतले मात्र घर निर्माणको काम सम्पन्न गर्न बाँकी रहेको छ । हाल ६६ हजार ५ सय ४८ अर्थात ८४ दशमलव १ प्रतिसतले तीन किस्ता गरी ३ लाख रुपैयाँ लिइसकेका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यलय नुवाकोटको अनुसार ७९ हजार १ सय ६९ जना लाभग्राही मध्ये ७६ हजार ६ सय ९७ जना अर्थात ९७ प्रतिसतले अनुदान सम्झौता गरी पहिलो किस्ता, ९१ प्रतिसत अर्थात ७२ हजार ७४ जनाले दोश्रो किस्ता वुझिसकेका छन् ।
जिल्लामा रहेको स्थानीय तहहरु मध्ये ककनी गाउँपालिकामा रहेको ७ हजार ५४ निजि आवास पूननिर्माणमा परेका लाभग्राही मध्ये ६ हजार ७ सय ६७ जनाले पहिलो किस्ता, ६ हजार ३ सय १५ ले दोश्रो किस्ता र ५ हजार ७ सय ५५ जनाले तेश्रो किस्ता बापतको रकम लिएका छन् ।
किस्पाङ गाउँपालिकामा रहेका ४ हजार ८ सय ५७ भूकम्प पिडित लाभग्राही मध्ये ४ हजार ७ सय ३३ ले पहिलो किस्ता, ४ हजार ५ सय ८५ ले दोश्रो किस्ता र ४ हजार ४ सय ७८ ले तेश्रो किस्ताको रकम वुझेका छन् ।
जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यलय नुवाकोटको अनुसार तादी गाउँपालिकाको ४ हजार ७ सय १९ लाभग्राही मध्ये ४ हजार ६ सय २८ ले पहिलो किस्ता, ४ हजार ४ सय १ले दोश्रो किस्ता र ४ हजार २ सय ३६ ले तेश्रो किस्ता बापतको रकम लिइसकेका छन् ।
यस्तै तारकेश्वर गाउँपालिकामा रहेका ४ हजार ७ सय ९२ लाभग्राहीमध्ये ४ हजार ६ सय ९० ले पहिलो किस्ता, ४ हजार ३ सय ८८ ले दोश्रो किस्ता र ४ हजार १ सय ३८ ले तेश्रो किस्ता वझिसकेका छन् ।
यस्तै ५ हजार ८ सय ९७ लाभग्राही रहेको दुप्चेश्वर गाउँपालिकाका ५ हजार ७ सय ९७ ले पहिलो किस्ता ५ हजार ६ सय ५४ ले दोश्रो किस्ता र ५ हजार ४ सय ४६ ले तेश्रो किस्ता बापतको रकम वुझिसकेका छन् । प्रतिसतको हिसावले हर्ने हो भने निजि आवास पूननिर्माणको सबै भन्दा बढी काम सम्पन्न गर्ने स्थानीय तहहरुमध्ये दुप्चेश्वर गाउँपालिका अगाडी रहेको छ । दुप्चेश्वरमा ९२ दशमलव ४ प्रतिसतको निजि आवास निर्माणको काम समपन्न भइसकेको छ ।
यस्तै ४ हजार ६ सय लाभग्राही रहेको पञ्चकन्या गाउँपालिकाका ४ हजार ४ सय ७८ ले पहिलो किस्ता, ४ हजार २ सय ८० ले दोश्रो किस्ता र ३ हजार ९ सय ९१ ले तेश्रो किस्ता समेत लिइसकेका छन् ।
जिल्लाको बेलकोटगढी नगरपालिकामा ११ हजार ३ सय ६२ लाभग्राही रहेकोमा ११ हजार ४६ ले पहिलो किस्ता, १० हजार २ सय ८१ ले दोश्रो किस्ता र ९ हजार ३ ले तेश्रो किस्ता लिइसकेका छन् ।
यस्तै म्यागङ गाउँपालिकामा ४ हजार ९ सय १९ लाभभग्राही रहेकोमा ४ हजार ८ सय ७ ले पहिलो किस्ता, ४ हजार ३ सय ५७ ले दोश्रो किस्ता र ४ हजार २ सय १० ले तेश्रो किस्ता समेतको रकम लिइसकेका छन् ।
यस्तै ५ हजार ३ सय ५१ लाभग्राही रहेको लिखु गाउँपालिकाका ५ हजार १ सय ६६ ले पहिलो किस्ता, ४ हजार ८ सय २० ले दोश्रो किस्ता र ४ हजार ४ सय ५३ ले तेश्रो किस्ताको करकम समेत लिइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यलय नुवाकोटले जनाएको छ ।
जिल्लाको सबै भन्दा बढी भूकम्प पिडित लाभग्राही रहेको विदुर नगरपालिकाका ७८ प्रतिसत अर्थात १० हजार ५ सय ५१ ले निजि आवासको निर्माण सम्पन्न गरि तेश्रो किस्ता वुझिसकेका छन् । विदुर नगरपालिकामा १३ हजार ५ सय २४ लाभग्राही रहेकोमा १२ हजार ७ सय ८० ले पहिलो किस्ता र ११ हजार ९ सय ३८ ले दोश्रो किस्ता बुझेका छन् ।
यस्तै ६ हजार ७ सय ७८ लाभग्राही रहेको शिवपुरी गाउँपालिकाका ६ हजार ५ सय ८१ ले पहिलो किस्ता, ६ हजार १ सय ६ ले दोश्रो किस्ता र ५ हजार ६ सय ५३ ले तेश्रो किसता बापतको रकम वुझिसकेका छन् ।
यस्तै सुर्यगढी गाउँपालिकामा ५ हजार ३ सय १६ निजि आवास पूननिर्माण लाभग्राहीमा समावेस भएका मध्ये ५ हजार २ सय २४ ले पहिलो किस्ता, ४ हजार ९ सय ४९ ले दोश्रो किस्ता र ४ हजार ४ सय ३४ ले तेश्रो किस्ता बापतको रकम लिइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यलय नुवाकोटले जनाएको छ ।
निजि आवास पूननिर्माणको लाभग्राही सूचिमा समावेस भएका भूकम्प पिडितले पहिलो किस्ता बापत ५० हजार रुपैयाँ, दोश्रो किस्ता बापत १ लाख ५० हजार र तेश्रो किस्ता बापत १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । जिल्लाको १२ वटै स्थानीय तहमा रहेका लाभग्राहीहरुलाई पहिलो, दोश्रो र तेश्रो किस्ता गरी २० अर्व ४१ करोड ७१ लाख ५० हजार रुपैयाँ वितरण गरिसकिएको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यलय नुवाकोटले जनाएको छ ।