बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • बोगटीको अध्यक्षतामा नेपाली काङ्ग्रेस किस्पाङ काठमाडौँ सम्पर्क समिति गठन

    समिकरण न्युज २०७७, १७ माघ शनिबार २१:४२ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नेपाली काङ्ग्रेस किस्पाङ काठमाडौँ सम्पर्क समिति गठन भएको छ ।
    शनिवार सम्पन्न काठमाडौको भेलाले सर्वसम्मत रुपमा किशोर बोगटीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा किरण नेपाली, शालिक भट्टराई, सचिवमा नवराज भट्ट, सहसचिवमा कर्म छिरिङ तामाङ, कोषाध्यक्षमा आशामाया तामाङ र सहकोषाध्यक्षमा शान्तिमायाँ तामाङ चयन भएका छन् ।
    यस्तै सदस्यहरुमा सुकबहादुर घले, अनुप तामाङ, शावित्री लामा, ग्याम्जो तामाङ, जितबहादुर तामाङ, अर्जुन फूयाँल, कुमारी तामाङ, सुकबहादुर तामाङ रहेका छन् ।
    किस्पाङ गाउँपालिका घर भई नेपाली काङ्ग्रेस पार्टीप्रति आस्था राख्ने विभिन्न पेशा व्यवसाय गरी काठमाडौमा वसोवास गर्दै आएका व्यक्तिहरुको भेला मार्फत किस्पाङ काठमाडौँ सम्पर्क समिति गठन गरिएको सुनिल न्यौपानेले बताउनुभएको छ ।
    कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले किस्पाङ गाउँपालिकासँगै सिङ्गो नुवाकोटमा अवस्थित अधिकांस विद्यालय तथा स्वास्थ्यसस्थाहरु आफ्नै विशेष पहलमा स्थापना भएको सस्मरण गर्नुभएको छ ।
    यस्तै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङले अधिकांस युवाहरु पेशा व्यवसायको लागि काठमाडौमा बस्ने गरेकोले आफ्नो गाउँठाउँको विकासको लागि पनि समय दिनलाई आग्रह गर्नुभएको छ । साथै उहाँले किस्पाङ क्षेत्रको विकासको लागि उत्साहको साथ काम गर्दै आइरहेको बताउनुभएको छ ।
    कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सभापती जगदीश्वरनरसिंह केसी, जिल्ला सचिव सुरेन्द्रराज अधिकारी, नेपाली काङ्ग्रेस पूर्वजिल्ला सभापती ध्रुव अधिकारी, नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का सभापती जगत तामाङ लगायतको सहभागिता रहेको थियो ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया