शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • एकै दिन तेक्वान्दो लगायत विभिन्न खेलसँग सम्वन्धीत ६९ जनालाई सम्मान गरिदै ।

    समिकरण न्युज २०७७, २० माघ मंगलवार १०:४८ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (UUNTF) नेपाल च्याप्टरले एकै दिन तेक्वान्दो लगायत विभिन्न खेलसँग सम्वन्धीत ६९ जनालाई सम्मान गर्न लागेको छ ।
    नेपालको तेक्वान्दोको विकासमा टेवा पुराउने उदेस्यले स्थापित गरिएको यस सस्थाले यहि माघ २४ गते शनिवार बट्टार स्थित कभर्डहलमा विशेष कार्यक्रमका बिच उनीहरुलाई नगद सहित सम्मान गर्न लागिएको हो । आयोजक सस्थाको अनुसार तेक्वान्दोका खेलाडीहरुसँगै अल्ट्रा धावक खेलाडी मीरा राई, उसु, जुडोका खेलाडीहरुलाई समेत सम्मान गर्न लागेको हो । सम्माननित हुनेहरुमा १३औँ साफ गेम्समा तेक्वान्दो खेलबाट १२ वटा स्वर्ण, ६ रजत सहित ११ वटा कास्य पदक प्राप्त गर्ने खेलाडीहरुको साथै कोच/ मेनेजरलाई सम्मान गर्न लागेको युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन नेपाल च्याप्टरका अध्यक्ष हरिहर पाण्डेले जानकारी दिनुभएको छ ।
    यस्तै युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन अवार्ड तथा नुवाकोट सम्मानबाट ४ स्वर्ण सहित रजत र काश्य पदक दिलाउन सफल स्वीमिङका खेलाडी गौरिका सिंह र २ स्वर्ण पदकधारी आयशा शाक्यलाई नगद सहित सम्मान गर्न लागिएको नेपाल च्याप्टरका अध्यक्ष पाण्डेले जानकारी दिनुभएको छ ।
    स्वर्णलाई २५ हजार रुपैयाँ, रजतलाई १५ हजार रुपैयाँ र काश्यलाई १० हजार रुपैयाँ नगद प्रदान गरिनेछ भने युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन अवार्डबाट ५ जनालाई ३०/३० हजार रुपैयाँ र १ जना कोचलाई २० हजार रुपैयाँ प्रदान गरिने पाण्डेले बताउनुभएको छ । अघिल्लो वर्ष नै आयोजना गर्न लागिएको कार्यक्रम कोरोना भाइरसको कारण रोकिएको थियो ।
    युयुएनटिफ अवार्ड तथा नुवाकोट सम्मान कार्यक्रमको लागि १६ लाख रुपैयाँ भन्दा बढी खर्च हुने बताइएको छ ।
    विदेशमा रहेर नेपाली खेलकुदको विकासको लागि लगानी गर्न चाहाने व्यक्तिहरुबाट रकम सङ्कलन गरी युयुएनटिफले नेपालमा अवार्ड तथा पुरस्कार प्रदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ । विदेशबाट प्राप्त रकम अपुग हुने भएकोले नुवाकोटकै गरिमा बढाउनको लागि जिल्लाको स्थानीय तहहरुसँग सहकार्य र समन्वय गर्ने प्रतिवद्धता जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले जनाउनुभएको छ ।

    #खेलकुद

    फेसबुक प्रतिक्रिया