शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • पहिलो चरणको कोराना खोप अभियानमा नुवाकोटका १ हजार ४ सय ५५ जना सहभागी ।

    समिकरण न्युज २०७७, २० माघ मंगलवार २२:४१ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । कोरोना भाइरस सङ्क्रमण रोकथामको लागि सञ्चालित पहिलो चरणको खोप अभियानमा नुवाकोटका १ हजार ४ सय ५५ जना सहभागी भएका छन् ।
    पहिलो चरणको खोप अभियान यहि माघ १४ गते बुधबारदेखि १९ गते सोमबार सम्म रहेको थियो । नेपाल सरकारले स्वास्थ्य कर्मी, फोहोर व्यवस्थापनमा संलग्न संकलक तथा चालक, सरसफाईकर्मी, एम्वुलेन्स चालक, तथा महिला स्वास्थ्य स्वंशेविकाहरुको लागि कोरोना भाइरस सङ्क्रमण रोकथामको लागि पहिलो चरणको खोप अभियानमा सहभागी गराउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नुवाकोटका १ हजार ४ सय ५५ जानाले खोपको पहिलो मात्रा प्राप्त गरेका छन् ।
    नेपाल सरकारले तोकेको लक्षित वर्ग अनुसार नुवाकोटमा पहिलो चरणको खोप अभियानमा २ हजार ४ सय २ लाई सहभागी गराउने लक्ष्य रहेको थियो । तर यस अवधीमा धेरै लक्षित वर्ग खोप लगाउन छुटेकोले जिल्ला कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले शुक्रवार १ दिन खोप अभियान थप गर्ने निर्णय गरेको छ । शुक्रवार पनि त्रिशुली अस्पताल र खरानीटार अस्पतालमा रहेको खोप केन्द्रबाटै खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यलय नुवाकोटका प्रमुख सागर घिमिरेले बताउनुभएको छ ।
    छुट भएका लक्षित वर्गलाई स्थानीय तहको स्वास्थ्य शाखा प्रमुखसँग समन्वय गरी तोकिएको खोप केन्द्रमा गई खोपको मात्रा लिनुहुन स्वास्थ्य कार्यलय नुवाकोटका प्रमुख घिमिरेले आग्रह गर्नुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया