शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • थप्रेक स्थित स्कुल डाडा सामुदायिक स्वास्थ्य इकाईबाट सेवा प्रवाह सुरु

    समिकरण न्युज २०७७, २३ माघ शुक्रबार २०:३१ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ थप्रेक स्थित स्कुल डाडा सामुदायिक स्वास्थ्य इकाईबाट सेवा प्रवाह सुरु भएको छ ।
    वागमती प्रदेश सरकारको १५ लाख रुपैयाँ र पञ्चकन्या गाउँपालिकाको ६ लाख रुपैयाँ गरी २१ लाख रुपैयाँको लागनीमा भवन निर्माण गरिएको थियो । वागमती प्रदेशका उपसभामुख राधिका तामाङले उक्त भवन र स्वास्थ्य इकाईबाट प्रवाह हुने सेवाको एकैसाथ समुद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई संवोधन गर्नुहुदै उपसभामुख तामाङले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएकोले तीनै तहको सरकारबिच सहकार्य र समन्वय गरि ग्रामीण भेगहरुमा स्वास्थ्य सस्थाहरु निर्माण गरिरहेको बताउनुभएको छ । स्थानीय नागरिकको मागलाई मध्यनजर गरी सङ्घर्ष गरेर योजनाहरु ल्याए पनि कार्यन्वयन गर्ने बेलामा बेथिति सिर्जना हुने गरेको उपसभामुख तामाङको गुनासो रहेको छ । गाउँमा आएको योजनामा रोजगारी देख्ने मानसिकताको कारण समयमा नै गुणस्तरीय काम हुन नसकेको भन्दै उपसभामुख तामाङले योजनाको कार्यन्वय गर्दा नागरिकले रुचाएको योग्य व्यक्तिलाई उपभोक्ता समितिमा ल्याउनुपर्ने बताउनुभएको छ । साथै उहाँले योजना कार्यन्वयनको चरणमा कुनै पनि स्थानीय तहमा आफूले हस्तक्षेप नगरेको स्पष्ट पार्नुभएको छ ।

    वागमती प्रदेशका उपसभामुख राधिका तामाङ


    यस्तै गाउँपालिकाका अध्यक्ष रमेश तामाङले सञ्चालनमा आएको स्कुल डाडा सामुदायिक स्वास्थ्य इकाईलाई निकट भविष्यमा नै स्तरउन्नती गरि बर्थिङ सेन्टर सहितको सेवा उपलव्ध गराउन सक्ने बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।
    भौगोलिक हिसावले वडा नम्बर ४ ठूलो भएकोले एउटा स्वास्थ्य चौकीमा सबैको पहुच पुराउन नसकेको कारण सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा ल्याउनु परेको आधारभूत स्वास्थ्य तथा सरसफाई शाखा प्रमुख हेमनारायण महतोले बताउनुभएको छ । स्वास्थ्य इकाईबाट परिवार नियोजन सेवा, खोप सेवा, क्षय कुष्ठ सहित नेपाल सरकारले निशुल्क उपलव्ध गराउने औषधी,विरामी जाँच, पोषण सेवा लगायत स्वास्थ्य सस्थाबाट उपलव्ध हुने सबैप्रकारको आधारभूत सेवा प्रवाह हुने आधारभूत स्वास्थ्य तथा सरसफाई शाखा प्रमुख महतोले बताउनुभएको छ ।
    कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सीता खड्का पराजुली, प्रमुख प्रशासकीय अधिकत नरेस पुडासैनी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पञ्चकन्या इन्चार्ज अर्जुन कार्की, अध्यक्ष कुमार केसी लगायतको उपस्थिति रहेको थियो ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया