शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • नुवाकोटका १ हजार ७४ जना कोरोना मुक्त

    समिकरण न्युज २०७७, २३ माघ शुक्रबार २०:५२ पढ्न लाग्ने समय 2 मिनेट


    विदुर । पछिल्लो समय नुवाकोटमा रहेका सक्रिय कोरोना भाइरस सङ्क्रमित मध्ये ८ जना कोरोना मुक्त भएका छन् ।
    स्वास्थ्य कार्यलय नुवाकोटको अनुसार ८ जना कोरोना मुक्त भएसँगै हाल जिल्लामा ५९ जना सक्रिय सङ्क्रमित रहेका छन् । ती मध्ये ५८ जना होम आइशुलेसनमा र १ जना अस्पतालको आइशुलेशनमा रहेका छन् । सक्रिय सङ्क्रमित मध्ये विदुर नगरपालिकामा ४५ जना, वेलकोटगढी नगरपालिकामा १४, लिखु गाउँपालिमा र तादी गाउँपालिकामा तीनतीन जना रहेका छन् । यस्तै शिवपुरी गाउँपालिका, पञ्चकन्या गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र तारकेश्वर गाउँपालिकामा एकएक जना सक्रिय कोरोना भाइरस सङ्क्रमित रहेको स्वास्थ्य कार्यलय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकाी दिनुभएको छ ।
    स्वास्थ्य कार्यलय नुवाकोटका सुचना अधिकारी खनालको अनुसार हाल जिल्लाको ककनी गाउँपालिका, सूर्यगढी गाउँपालिका, किस्पाङ गाउँपालिका र म्यागङ गाउँपालिकामा कोरोना सङ्क्रमित सून्य रहेको छ ।
    जिल्लामा रहेका कोरोना भाइरसको कुल सङ्क्रमित १ हजार १ सय ३४ मध्ये १ हजार ७४ जना कोरोना मुक्त भइसकेका छन् भने १ जना सङ्क्रमितको मृत्यु भएको छ । आरटि पिसिआर विधिबाट हाल सम्म जिल्लाका ६ हजार ५ सय ९२ पुरुष र २ हजार ५ सय ५ महिला गरी ९ हजार ९५ जनाको कोरोना भाइरस परिक्षण गरिएको छ ।

    यस्तै नेपालमा पछिल्लो २४ घण्टामा एक सय पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
    दुई हजार सात सय ९९ जनाको पीसीआर परीक्षण गर्दा एक सय पाँच जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार सात सय सात पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ७२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६७ हजार पाँच सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।
    यस्तै थप दुई जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ३५ पुगेको छ । अहिले नेपालमा दुई हजार एक सय आठ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ६४ जनाको आईसीयू र १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया