बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • २६ जनाले गरे रक्तदान ।

    समिकरण न्युज २०७७, २३ माघ शुक्रबार २१:१२ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । त्रिशूली अस्पतालमा रक्त सन्चार केन्द्र सञ्चालनार्थ रक्तदान कार्यक्रम गरिएको छ ।
    सारथी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहयोगमा त्रिशूली अस्पतालले रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । अस्पतालमा ‘फ्रेस ब्लड’को अभाव हुन नदिनको लागि रक्तदान कार्यक्रम आयोजना गरिएकोे अस्पताल सञ्चालक समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले बताउनुभएको छ ।
    सहयोगी संस्था सारथी वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष गोकर्ण रोक्काले रगतको कारण जीवन र मृत्युको दोसाधमा पुगेका व्यक्तिहरुलाई सहज रुपमा रगत उपलव्ध गराउन रक्तदान गर्ने व्यक्तिहरुलाई धन्यवाद समेत दिनुभएको छ ।
    कार्यक्रममा सहकारीका सदस्यहरु, पत्रकार, अस्पतालका चिकित्सक, कर्मचारीहरु लगायतले रक्तदान गरेका थिए ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया