विदुर । नेपाली कांग्रेस महिला बिभाग नुवाकोटले वेलकोटगढी नगरपालिकाको २ विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्री र न्यानो कपडा वितरण
नेपाली कांग्रेस महिला बिभाग नुवाकोटले वेलकोटगढी नगरपालिकाको २ विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्री र न्यानो कपडा वितरण गरेको छ । वेलकोटगढी नगरपालिका वडा नम्बर १२ ढाडेफेदीमा रहेको सूर्यमती माध्यमिक विद्यालयलाई विद्यार्थीहरुलाई पुनः प्रयोग गर्नै मिल्ने माक्स १ हजार थान, डिटोल सावुन १ सय वटा प्रदान गरिएको हो । साथै उक्त विद्यालयलाई १५ हजार ९० रुपैयाँ प्रदान गरिएको नेपाली कांग्रेस महिला बिभाग नुवाकोटका अध्यक्ष हिरा पाण्डेले जानकारी दिनुभएको छ ।
यस्तै वेलकोटगढी नगरपालिका वडा नम्बर १२ मा अवस्थित पञ्चकन्या आधारभूत विद्यालयमा अध्ययनरत ९२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । नुवाकोट अमेरिका सम्पर्क समितिको आर्थिक सहयोगमा दुई विद्यालयलाई स्वास्थ्य सामाग्री र न्यानो कपडा वितरण गरिएको नेपाली कांग्रेस महिला बिभाग नुवाकोटका अध्यक्ष पाण्डेले बताउनुभएको छ ।