बिहीबार, २१ साउन २०७८
  • adarsha computer nuwakot
  • लोकतन्त्रको जगेर्ना गर्न राजनैतिक परिवर्तनले मात्र सम्भव छैन ।

    समिकरण न्युज २०७७, २५ माघ आईतवार २२:१८ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अर्जुननरसिंह केसीले लोकतन्त्रको जगेर्ना गर्नलाई राजनैतिक परिवर्तनले मात्र सम्भव नभएको बताउनुभएको छ ।
    दोश्रो नाट्यश्वर म्युजिक अर्वाड २०७६ तथा कोरोना भाइरस विरुद्ध सचेतना कार्यक्रमलाई संवोधन गर्नुहुदै उहाँले राजनैतिक परिवर्तनबाट सत्ता मात्र आउने तर पद्धतिसँगै प्रवृति परिवर्तन नहुदा लोकतन्त्र धरापमा परेको बताउनुभएको छ । ‘नाट्यश्वर हामी सबै कलाकारको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने उद्घोष सहित सञ्चालित उक्त कार्यक्रममा नेता केसीले मुलक गणतान्त्रिक पद्धतिमा पुगेता पनि प्रवृद्धि परिवर्तन नभएको कारण समाजमा नयाँ जागरण ल्याउन कला क्षेत्रमा आवद्ध व्यक्तिहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

    नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अर्जुननरसिंह केसी


    यस्तै उहाँले सामाजिक विभेद अन्त्यको लागि र सिकान्तकृत तथा गरिव वर्गको आय स्तर उकास्ने गतिविधि सञ्चालन गर्न राजनिति नै गर्नुपर्छ मान्यता नरहेको बताउनुभएको छ । विभिन्न पेशा तथा व्यवसायमा रहेका व्यक्तिहरुले सामाजिक उत्तरदायित्वलाई मानसिक रुपबाटै बहन गर्न सकियो भने सामाजिक सुधार हुने नेता केसीको भनाई छ ।

    नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अर्जुननरसिंह केसी

    कार्यक्रममा संगीतका विभिन्न ४८ विधाका ६० जनालाई अवार्ड वितरण गरिएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया