शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • साहित्य संगमको रचना बाचन

    समिकरण न्युज २०७७, २५ माघ आईतवार २२:३५ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । साहित्य संगम नुवाकोटले शनिवार रचना बाचन तथा काव्य गोष्ठि कार्यक्रम आयोजना गरेको छ ।
    सृजनाका बगैचामा शव्दको खेती भन्ने उद्घोषका साथ आयोजित उक्त कार्यक्रममा सहभागी सर्जकहरुले आआफ्नो रचना बाचन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि रहनुभएका शिवप्रसाद आचार्यले जिल्लाको साहित्यिक मावललाई सक्रिय बनाउनु आवस्यक रहेको बताउनुभएको छ । यस्तै कार्यक्रममा प्रगतिशिल लेखक संघ नुवाकोटका अध्यक्ष राजकुमार पुत्लाले जिल्लाको साहित्यक सर्जकहरुलाई एकजुट गराएर कोष स्थापना गर्न सकेको खण्डमा सर्जकले कृति प्रकासन गर्न लाग्दा सहयोग पुग्ने बताउनुभएको छ । यस्तै पत्रकार नवदीव अजनवीले साहित्यिक कार्यक्रमहरु रचना बाचनमा मात्रै सिमित नराखि जिल्लालाई चिनाउने सास्कृतिक पक्षहरुलाइक्षर्् केन्द्रित गरेर विचार विमर्शलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
    कार्यक्रममा इन्दिरा रेग्मी, केशव अधिकारी, शम्भूप्रसाद गजुरेल, अमन एकल, गोपालप्रसाद गजुरेल, रामराजा तिमिल्सिना, राजकुमार पुत्ला, शिवप्रसाद आचार्य, श्रीधर पाण्डे, माधव घिमिरे, रचना भट्टाराई, रविना भट्टराई लगायतले रचना बाचन गरेका थिए ।
    नयाँ सर्जकलाई प्रोत्साहन र पुराना सर्जकलाई सम्मान गर्ने लक्ष्यको साथ स्थापना भएको साहित्य संगम नुवाकोटले वार्षिक कार्यक्रम अनुसार आउदो बैशाख १ गते नयाँ वर्षको दिन पुरस्कार वितरण तथा श्रष्ठा सम्मान कार्यक्रम गर्ने अध्यक्ष सुमित्रा सुमिले बताउनुभएको छ । साथै साहित्यिक पत्रिका प्रकासनको तयारीमा लागेको समेत उहाँले बताउनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया