शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • उत्कृष्ट तीन कृषकलाई “राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार” प्रदान

    समिकरण न्युज २०७७, २६ माघ सोमबार २०:०८ पढ्न लाग्ने समय 2 मिनेट

    विदुर । कृषि ज्ञान केन्द्र नुवाकोटले ३ जना कृषकलाई “राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार” प्रदान गरेको छ ।
    पुरस्कृत हुनेहरुमा म्यागङ गाउँपालिका वडा नम्बर ४ स्थित किम्ताङ अर्गानिक चिया उद्योगका सञ्चालक सार्की सुनार, दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ स्थित शिखादेवी कृषि फार्मका सञ्चालक रामकृष्ण थापा र ककनी गाउँपालिका वडा नम्बर ५ स्थित मोक्तान कृषि फार्मका सञ्चालक शिवकुमार लामा रहेका छन् । सोमबार आयोजित एक कार्यक्रमका बिच उनीहरुलाई प्रमाणपत्र सहित १० ÷१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको हो ।
    कृषि ज्ञान केन्द्र नुवाकोटको आर्थिक वर्ष २०७७÷७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत रहेर छनौटमा परेका तीन जना कृषकलाई “राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार” प्रदान गरिएको हो । आधुनिकिकरण कृषि प्रणाली अपनाएर व्यवसायिक रुपमा कृषि पेशा अवलम्बन गरिरहेकाहरुलाई हौसला प्रदान गर्न “राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार” प्रदान गरिदै आएको छ । पुरस्कार प्रदानको लागि उत्कृष्ट किसान छनौट गर्न गएको असोज १ गते राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यन्वयन कार्यविधि २०७१ अनुसार कृषि ज्ञान केन्द्र नुवाकोटले सूचना प्रकासित गरेको थियो । सोही सूचना अनुसार १९ वटा आवेदन प्राप्त भएको थियो । आवेदनको आधारमा जिल्ला समन्वयन अधिकारी कृष्णप्रसाद पन्थीको संयोजकत्वमा रहेको प्राविधिक टोलीको अनुगमन तथा मूल्याङ्कन पश्चात तीन जना उत्कृष्ट किसान छनौट गरिएको कृषि प्रसार अधिकृत रुक्मिणी अधिकारीले जानकारी दिनुभएको छ ।

    कृषि प्रसार अधिकृत रुक्मिणी अधिकारी, कृषि ज्ञान केन्द्र नुवाकोट ।

    कृषि व्यवसायमा सफल हुनको लागि निरन्तरको परिश्रमले मात्र सम्भव रहने पुरस्कृत मध्येका एक ककनी ५ का शिवकुमार लामाले बताउनुभएको छ । साथै उहाँले कृषि ज्ञान केन्द्र मार्फत प्राप्त पुरस्कारले कृषि पेशालाई निरन्तरता दिन थप हौसला मिलेको बताउनुभएको छ ।

    मोक्तान कृषि फार्मका सञ्चालक शिवकुमार लामा


    यस्तै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले नेपाललाई कृषि प्रधान देश भनिएता पनि कृषि उपजहरु बाहिरी मुलुकबाट आयात गर्नु पर्ने अवस्था अन्त्यको लागि कृषहरुले उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । कृषिबाटै आर्थिक रुपमा सम्पन्न बन्ने राज्यको परिकल्पना रहेको भन्दै उहाँले उत्पादनको क्षेत्र बढाएर मागलाई धान्न सक्ने बनाउनु आवस्यक रहेको बताउनुभएको छ । निर्वाहमुखि खेती प्रणालीलाई विस्थापित गर्दै व्यवसायिक रुपमा अघि बढ्न सामुहिक खेती प्रणालीले सहयोग गर्ने जिसस प्रमुख तामाङको भनाई छ । सरकारले कृषि क्षेत्रमा प्रयाप्त अनुदानका कार्यक्रमहरु ल्याएकोले अनुदान प्राप्त कृषकहरुले कसरी काम गरिरहेको छ भन्ने विषयमा अनुगमनको खाचो रहेको जिसस प्रमुख तामाङले बताउनुभएको छ ।

    जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ

    यस्तै सहकायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्याल, जिल्ला समन्वयन अधिकारी कृष्णप्रसाद पन्थीले कृषि पेशा सम्मानित पेशा भएकोले निर्वाहमुखिलाई व्यवसायमा बदलेर आर्थिक उन्नती तर्फ लाग्न किसानहरुलाई आग्रह गर्नुभएको छ ।
    व्यक्तिगत किसानलाई भन्दा पनि फर्म, समूह तथा सहकारी मार्फत कृषि पेशालाई आर्थिक तथा प्राविधिक रुपमा सहयोग गर्ने राज्यको निति रहेको कृषि ज्ञान केन्द्र नुवाकोटका प्रमुख केशव खनालले बताउनुभएको छ ।

    कृषि ज्ञान केन्द्र नुवाकोटका प्रमुख केशव


    नुवकोट र रसुवा कार्य क्षेत्र रहेको कृषि ज्ञान केन्द्रले सोमबारदेखि ३ दिने कृषि यन्त्र मर्मत तालिम पनि सुरु गरेको छ । तालिममा नुवाकोट र रसुवाका २५ जना कृषकको सहभागिता रहेको कृषि ज्ञान केन्द्र नुवाकोटका प्रमुख खनालले जानकारी दिनुभएको छ ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया