शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • ३७ व्यवसायीले वडाबाटै व्यवसाय दर्ता गराए ।

    समिकरण न्युज २०७७, २७ माघ मंगलवार २०:३७ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । म्यागङ गाउँपालिकाको वडा नम्बर ५ र ६ का ३७ व्यवसायीले व्यवसाय दर्ता गराएका छन् ।
    नुवाकोट उद्योग वााणिज्य संघ अन्तगतको पूर्णिमा कार्यक्रमको प्राविधिक सहयोगमा म्यागङ गाउँपालिकाले आयोजना गरेको व्यवसाय दर्ता कार्यक्रममा वडा नम्बर ५ का २ र वडा नम्बर ६ का ३५ व्यवसायीले व्यवसाय दर्ता गराएका हुन् । स्थानीय तहको कार्यलयमा नै व्यवसाय दर्ता गराउने निति भएता पनि भौगोलिक हिसावले टाढा भएको र व्यवसाय दर्ता गराउनैपर्छ भन्ने मान्यता गाउँगाउँका व्यवसायीहरुलाई जानकारी नभएको पाइएकोले वडा स्तरमा व्यवसाय दर्ता कार्यक्रम आयोजना गरिएको थियो । व्यवसाय दर्ता गर्दाको फाइदा व्यवसायीहरुलाई जानकारी गराउनुको साथै व्यवसायीलाई करको दायरामा ल्याउनलाई वडा स्तरमा नै उक्त कार्यक्रम गरिएको उद्योग वााणिज्य संघका कार्यक्रम संयोजक घनेन्द्र रिजालले जानकारी दिनुभएको छ ।
    व्यवसाय दर्ता भए पश्चात मात्र व्यवसायीको आयश्रोत प्रमाणीकरण हुने भएकोले वैङ्क तथा विति सस्थाहरुबाट ऋण लिएर व्यवसायलाई बढाउन उनीहरुलाई सहज हुने छ । साथै व्यवसायीलाई सामान विक्रि गर्दा ग्राहकलाई बिल उपलव्ध गराउन समेत व्यवसाय दर्ता गर्नाले सहयोग पुग्ने छ । अझै पनि व्यवसायको कर कुन समयमा तिर्नुपर्छ भन्ने विषयमा विशेष गरी ग्रामीणा भेगका व्यवसायीहहरुलाई जानकारी नहुदा स्थानीय स्तरमा नै कर सङ्कलन गर्ने कार्यक्रम गर्न सकियो भने व्यवसायीलाई करको दायरामा ल्याउन सहयोग पुग्ने उद्योग वााणिज्य संघका कार्यक्रम संयोजक घनेन्द्र रिजालले बताउनुभएको छ ।


    म्यागङ गाँउपालिकाको उपप्रमुख शान्ति लामा गुरुङको नेतृत्वमा आयोजित व्यवसाय दर्ता कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत श्री पवन कुमार प्याकुरेल, वडा नम्बर ६ का वडा अध्यक्ष आतमसिंह तामाङ, गाउँपालिकाको उद्योग आर्थिक बिकास शाखा प्रमुख सजना केसी लगायतको सहभागिता रहेको थियो ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया