
विदुर । सिटिजन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर पवन थापाले नुवाकोटको ४ वटा विद्यालयका ३ सय ५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ ।
मंगलबार आयोजित एक कार्यक्रमको बिच पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ स्थित ४ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई थापाले शैक्षिक सामाग्री वितरण गर्नुभएको हो । नामरुङ आधारभूत विद्यालयका २४ जना, दुप्चेश्वर आधारभूत विद्यालयका २५ जना, भेडाबारी माध्यमिक विद्यालयका १०६ जना र बच्छला माध्यमिक विद्यालयका १५० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको थापाले जानकारी दिनुभएको छ ।
विद्यार्थीहरुको लागि अत्यावस्यक कापीकलम, क्याल्कुलेटर, जोमेट्री बक्स लगायतका शैक्षिक सामाग्रीहरु प्रदान गरिएको उहाँले जानकारी दिनुभएको छ ।